बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्री कँडेलको आग्रह
काठामाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार परियोजना तर्जुमा गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
कर्णाली प्रदेश सरकारको आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलनका मङ्गलबार निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफलमा उहाँले प्रदेश सरकारको क्षमताका आधारमा निजी क्षेत्रले विकास निर्माणको परियोजना अगाडि बढाउनुपर्ने बताए । मुख्यमन्त्री कँडेलले भने, “कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी नै न्यून छ । तपाईँ हामीले गरेका सबै अपेक्षा पूरा हुन सक्दैनन् ।”
क्षेत्र र भूमिका हिसाबले फरक भए पनि हामी सबैको गन्तव्य कर्णाली बनाउने हो भन्दै उनले निजी क्षेत्रले दिएको राय सुझाव प्रदेश सरकारको आगामी नीतिमा समावेश गरिने जनाए ।
समृद्धिको लागि सुशासन आवश्यक भएको र त्यसका लागि नीति नियममा बसेर काम गर्ने कुरा प्रमुख रहेको मुख्यमन्त्री कँडेले बताए । उनका अनुसार सबैको सहयोगबाट कर्णालीको विकासका लागि आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गरिनेछ । त्यसैगरी सुर्खेत विमानस्थल निर्माणको जिम्मा सङ्घीय सरकारले लिनेगरी कर्णाली प्रदेश सरकारले त्यसको पहल गर्ने छ ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदबहादुर शाही, उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल, चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि कँडेललगायत विभिन्न क्षेत्रमा कार्यरत उद्योग व्यवसायीले कर्णालीको पानी, खानी, विद्युत्, पूर्वाधार, कृषि, पर्यटन, खेल, जडीबुटी, सडक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको विकास हुनेगरी आगामी आवको नीति तथा कार्यक्रम ल्याउन सुझाएका थिए ।
Comments
अरु समाचार
-
महत्वपूर्ण निष्कर्षहरु निकाल्दै गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न
नोम पेन्ह । गैरआवासीय नेपाली संघको १० औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन विभिन्न निष्कर्षहरु निकाल्दै सम्पन्न भएको छ । यही...
-
सुनको मूल्य हाल सम्मकै उच्च
काठमाडौं । सुनको मूल्य हाल सम्मकै उच्च विन्दुमा पुगेको छ । मङ्गलबार प्रतितोला १ लाख ७५ हजार २ सयमा कारोबार...
-
हरेक नेपालीको भागमा झण्डै ९१ हजार रुपैयाँ ऋण
काठमाण्डौ । नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँ नाघेको छ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६...
-
मंगलबारदेखि पोखरा-छेन्दु नियमित उडान हुने
काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने...
-
मेक्सिकोले अप्रिलबाट अमेरिकी उत्पादनहरूमा पारस्परिक कर लगाउने
काठमडौं । संयुक्त राज्य अमेरिकाले सबै स्टील र आल्मुनियम आयातमा २५ प्रतिशतसम्म कर बढाएपछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले मेक्सिकोले पनि...
-
आज सुनको मूल्य स्थिर, चाँदीको कति ?
काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाल बजारमा सुनको मूल्यमा कुनै घटबढ भएको छैन् । नेपाल सुनचाँदी ब्यवसायी...
-
सेयर बजार परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक...
-
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौं। अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको...
-
वीरगञ्ज भन्सारले संकलन गर्यो एक खर्ब नौ अर्ब राजस्व
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन...