नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह
काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपामला प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् ।
बुधबार विभिन्न फोरममा सहभागी हुनुका साथै पदाधिकारीहरुसँगको भेटघाटका क्रममा उनले नेपालमा हाल लगानीमैत्री वातावरण रहेको तथा वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनहरुमा पनि संशोधन भएकाले लगानीका लागि सो आग्रह गरेका हुन् ।
अध्यक्ष ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले आवश्यक समन्वय गर्ने पनि उनीहरुलाई आस्वस्त पारेका छन् । अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाकुरीसँग उनले बुधबार गरेको भेटवार्तामा अध्यक्ष ढकालले निगमले नेपालको निजी क्षेत्रलाई कसरी सबलीकरण गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।
सो भेटका क्रममा विश्वमा कोरोना महामारी र रुस युक्रेन युद्धपछि देखिएको आर्थिक मन्दीको अवस्था तथा यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव एवं नेपालको अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी भएको बताए ।
सो भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ढकालले भेटको अवसरमा निगमका कार्यकारी निर्देशकसँग नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्यका विषयमा पनि छलफल भएको जानकारी दिए । नेपालका यी क्षेत्रमा लगानीका लागि आफूले विश्व समुदायलाई आग्रह गरेको उनको भनाइ थियो ।
सो भेटमा आइएफसीका अधिकारी र महासङ्घका प्रतिनिधिको पनि सहभागिता रहेको थियो । त्यसैगरी अध्यक्ष ढकालले बुधबार नै ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका कार्यकारी निर्देशक समिर अभयङकर र इन्भेस्टमेन्ट निर्देशकसँग पनि भेटवार्ता गरेका थिए । सो भेटका क्रममा पनि उनले नेपालको पर्यटन जलविद्युत् तथा पूर्वाधार निर्माणमा कसरी लगानी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए ।
अध्यक्ष ढकालले उनीसँग नेपालमा लगानीका प्रसस्त सम्भावना रहेकाले पर्यटन, जलविद्युत्, सूचना प्रविधि एवं ‘हस्पिटालिटी’ का विविध क्षेत्रमा लगानी गर्न आग्रह पनि गरेका थिए । उनले नेपालमा लगानी सम्मेलन सम्पन्न भएपछि नयाँ नयाँ क्षेत्रमा लगानीका लागि वैदेशिक लगानीकर्ता आकर्षित भएका पनि सो अवसरमा जानकारी दिएका थिए ।
Comments
अरु समाचार
-
‘व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछ’
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएका छन्।...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । पछिल्ला दिनमा लगातार ओरालो लागिरहेको सुनको मूल्य आज बढेको छ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला...
-
नेपाली पासपोर्ट टेन्डरः प्रतिस्पर्धामा फ्रान्स, जर्मनी र पोल्यान्डका कम्पनी
काठमाडौं । राहदानी विभागले ६४ लाख पासपोर्ट छपाइका लागि अघि बढाएको टेन्डर प्रक्रियाबाट अमेरिकी कम्पनी आइरिसिस बाहिरिएको छ। विभागले सार्वजनिक...
-
सगरमाथा संवादमा एक सय ७५ विदेशी प्रतिनिधि सहभागी हुने
काठमाण्डाै । आउँदो शुक्रवारदेखि शुरू हुने सगरमाथा संवादमा एक सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । सिंहदरबारमा...
-
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । पछिल्ला दिनहरुमा लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि घटेको छ । सोमबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको...
-
सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर रुपमा गिरावट आईरहेको छ । हिजो बैशाख २८ गते आइतबार प्रतितोला ३ सय...
-
अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक छन्ः नेपाल राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक भएको तथ्यांक सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको ९ महिनामा...
-
नेपालमा विदेशी विनिमय सञ्चिति २६ खर्ब रुपैयाँ नजिक
काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति २६ खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको तथ्यांकअनुसार...
-
ध्वनी मतको आधारमा नीति तथा कार्यक्रम पारित
काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।...