कार्यदलको बैठक फेरि बस्ने
काठमाडौं । सहकारीको रकम अपचलनका सम्बन्धमा छानबिनका लागि गठन गर्न लागिएको संसदीय समितिको विषयमा सहमति जुटाउन आज बसेको बैठकमा पनि मतैक्य हुन नसकेपनि पुनः बस्ने भएको छ ।
कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी दल तुलनात्मक रुपमा लचक रहेको भएपनि थप छलफल जरुरी रहेको निष्कर्ष निकालिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ विभिन्न विषयमा आज पनि छलफल भयो । उपप्रधानमन्त्री एवम् गृहमन्त्रीका विषयमा पनि थप छलफल आवश्यक देखियो । आज उहाँहरुले थप लचकता देखाउनुभएको छ ।’
विगतमा उहाँहरुले ल्याएको प्रस्तावभन्दा नयाँ प्रस्ताव आएको जानकारी दिँदै उहाँले बैठक अन्त्य नभएको र केही समयपछि पुनः बैठक बस्ने बताउनुभयो । प्रमुख सचेतक बर्तौलाले सदनको बैठक नियमित रुपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कार्यदलको बैठक नटुङ्गिएको जानकारी दिँदै आजै पुनः छलफल गरेर सहमति नै हुने बताउनुभयो । प्रमुख सचेतक बर्तौलाले सहकारीको रकम अपचलन भएकाको हकमा उल्लेख गर्ने तर व्यक्तिलाई नै दोषी देखाएर जाने कुरा गलत रहेको धारणा राख्नुभएको ।
प्रमुख राजनीतिक दलले गठन गरेको कार्यदलमा सरकारको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सह-महामन्त्री एवं सांसद जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल हुनुहुन्छ ।
Comments
अरु समाचार
-
सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट होःराष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्या समाधान गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आव्हान गरेका छन् ।...
-
सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८००...
-
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
काठमाडौं । धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी...
-
नेपालीहरुबीच सुमधुर सम्बन्ध कायम गर्न चाडपर्व उपयोगी
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले नेपालीहरूका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाउनाका साथै अनेकतामा एकता...
-
२५ एसपी एसएसपीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार प्रकाशन गरेको विज्ञप्ति...
-
लसएन्जलसमा फैलिएको आगो नियन्त्रणमा आउन सकेन, २४ को मृत्यु, २३ जना बेपत्ता
काठमाडौं । अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ...
-
उत्तर कोरियाद्वारा पूर्वी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार
काठमाडौं । उत्तर कोरियाले मङ्गलबार पूर्वी सागरतर्फ अज्ञात प्रक्षेपास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जापानको सागर भनेर पनि चिनिने पानीको...
-
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि सुरु हुने
काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने...
-
एसईई परीक्षा चैत ७ गते देखि सुरु (तालिका सहित)
काठमाडौं । २०८१ सालको एसईई परीक्षाको चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलवार...