ताजा समाचार

ह्युस्टन हरिकेन्ससँगको पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी

काठमाडौं । गएराती ह्युस्टन हरिकेन्ससँगको पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी भएको छ ।

साथै उक्त खेल लगत्तै भएको सुपर ओभरमा समेत नेपालले जित निकाल्न सफल भएको छ । । सुपर ओभरमा पहिला ब्याटिङ गरेको ह्युस्टन हरिकेन्सले १५ रन जोड्यो । जवाफी ब्याटिङमा नेपालले २ बल बाकी छदै लक्ष्य भेट्टाउन सफल भएको थियो। सुपर ओभरमा नेपालका कुशल मल्लले पहिलो र दोस्रो बलमा लगातार छक्का र चौथो बलमा चौका प्रहार गर्दै नेपाललाई जिततर्फ दोहोर्‍याएका थिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । व्याटिङतर्फ नेपालका ओपनर कुशल भुर्तेल १ र आसिफ शेखलाई ४ रनमै आउट भए।  अनिल साह र रोहित पौडेले तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । अनिल कुमार साहले ३८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४७, रोहित पौडेलले २३, गुलशन झाले २०, सन्दीप जोराले २१ र कुशल मल्लले १२ रन बनाए ।

बलिङमा नेपालका तिब्र गतिका बलरहरु सोमपाल कामी र करण केसीले २–२ विकेट, रोहित पौडेल, अभिनाश बोहरा, सागर ढकाल र कुशल भूर्तेलले समान १–१ विकेट हात पारेका थिए ।

मध्यम लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्सले ८ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org