ताजा समाचार

निःशुल्क स्वास्थ्य शिविरमा नौ सय जनाको उपचार

काठमाडौं । निःशुल्क उपचार सेवाबाट रसुवाको दक्षिणी भेगका स्थानीयवासी लाभान्वित भएका छन् । भोर्ले, चित्ति, बडरेलगायतका स्थानीय बासिन्दा निशुल्क उपचार सेवाबाट लाभान्वित भएका हुन् ।

डा.केदार नरसिंह केसीको अगुवाइमा यशोदादेवी भगवान सिंह मेमोरियल ट्रस काठमाडौँको आयोजना र रसुवा नुवाकोट पर्यटन समाज तथा भोर्लेस्थित रूद्रादेवी आमा समूहको समन्वयमा नौकुण्ड गाउँपालिका-५ स्थित भोर्ले गाउँमा शनिबार निःशुल्क स्वास्थ्य सम्पन्न भएको थियो । शिविरमा नौ सय २२ जनाले उपचार सेवा लिएको नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा दुई सय जनालाई भिडियो एक्सरे, ९२ जनालाई स्त्रीसम्बन्धी उपचार सेवा र एक सय १० जनालाई दाँत एवं ५० जनालाई प्रसूतिसम्बन्धी उपचार गरिएको थियो । दुई सय ७१ जनालाई सामान्य परीक्षण गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो । उपचारका लागि आएका अधिकांसमा गानुगोला, दमको साथै, अमलपित्त, टाउको दुख्ने, नशा तथा हाडजोर्निको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ ।

दूरदराज गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा स्थानीय खुसी भएको समाजसेवी बहादुरसिंह तामाङले बताउनुभयो । शिविरमा स्वास्थ्यपरीक्षण तथा उपचार सेवाका लागि डा केसीको नेतृत्वमा डा विनोद अर्याल, डा दिपेश पौडेल, डा जस्पाल यादव, डा पूजा महतो, डा सामना कोइराला एवं एवं दाँत तर्फ डा अमर श्रेष्ठ, वरिष्ठ नेत्र सहायक राजेन्द्र रानाले सेवा दिएको आयोजकले जनाएको छ ।
डा.केसीले पहिलेदेखि रसुवालीको हितमा उपचार गरिरहनु भएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org