ताजा समाचार

आईसीसी टी–२० विश्वकप वार्मअप खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप वार्मअप पहिलो खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ ।

टस जितेर पहिले बलिङ रोजेको नेपाललाई क्यानडाले १८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा नेपाल १९.३ ओभरमा अलआउट हुँदै १२० रन मात्र बनाउन सफ भयो। नेपालका कुशल मल्लले ३० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।

नेपालका दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेलले सुरुवात देखिनै संघर्ष गरेका थिए । तीव्र गतिका बलर डिलोन हेलिगरको पाँचौं ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर श्रेयस मोभ्भाबाट क्याच आउट भए । उनले १६ बलमा २ चौकासहित १० रन जोडे ।

त्यस्तै नेपालका अनिल साह २४ रन, आसिफ शेख २२ रन,सन्दीप जोरा ६रन, गुलशन झा डक,सोमपाल कामी ४ रन, करन केसी ५, सागर ढकाल ५ र अविनाश बोहोरा शून्य रनमा पेभेलियन फर्किएका थिए ।

त्यसअघि ग्राण्ड पेरी स्टेडियम डालासमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो ।

क्यानडाले पावर प्लेमा एक विकेटको क्षतिमा राम्रो सुरुवात गरेको थियो । त्यस्तै बलिङतर्फ नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजवंशीले १–१ विकेट लिए । नेपालले दोस्रो वार्मअप खेल यसै मैदानमा बिहीबार घरेलु टोली अमेरिकासँग रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org