ताजा समाचार

सरकारले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को आय–व्ययको वार्षिक प्रतिवेदन बजेट सार्वजनिक गर्दैछ ।

आज दिउँसो १ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थीक वर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

हरेक वर्ष जेठ १५ गते सरकारले बजेट ल्याउने संवैधानिक व्यवस्था छ । सरकारले आज १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको बुझिएको छ ।

बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदलाई दिउँसो पाने १ बजे अघि नै संसदमा उपस्थित हुन सभामुख देवराज घिमिरेले आग्रह गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org