जापानमा ६.० म्याग्निच्युडको भूकम्प
काठमाडौं । जापानको केन्द्रीय प्रान्त इशिकावाको नोटो क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको छ । जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार बिहान ६ बजेर ३१ मिनेटमा १४ किलोमिटर गहिराइमा भूकम्प गएको थियो भने भूकम्पको केन्द्रबिन्दु ३७.५ डिग्री उत्तरी अक्षांश र १३७.३ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।
जेएमएका अनुसार भूकम्पका कारण सामुद्रिक छालमा केही परिवर्तन देखिन सक्ने तर सुनामी आउने र सुनामीजन्य क्षतिको सम्भावना छैन । जापान जनवरी १ मा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले नोटो क्षेत्र र वरपरको क्षेत्रमा धक्का दिएको र यसले सुनामी निम्त्याएको थियो । सुनामीका कारण २६० जनाको ज्यान गएको थियो भने एक हजार ४३३ जना घाइते भएका थिए ।
उक्त प्राकृतिक विपत्तिमा ७५ हजारभन्दा बढी घरहरू क्षतिग्रस्त हुँदा विस्थापित भएका तीन हजार ३०० भन्दा बढी विस्थापित मानिसहरू अझै पनि शिविरमा बसिरहेका जापानको सरकारी तथ्यांकमा उल्लेख छ । स्थानीय प्रहरीका अनुसार सोमबारको भूकम्पले यसअघिको भूकम्पमा सबैभन्दा बढी प्रभावित शहर वाजिमामा पाँचवटा घरहरू क्षतिग्रस्त भएका छन् । भूकम्पका कारण दुई जना घाइते भएका छन् ।
यस क्षेत्रमा भूकम्पको तीव्रता महसुस भएपछि धेरैजना नोटो प्रायद्वीपमा भूकम्पको परिणामबारे फेरि चिन्तित भएका छन्, यद्यपि भूकम्पसँग जुधेर काम गर्न बाहेक कुनै विकल्प नभएको वाजिमा सहरका ६४ वर्षीय एक बासिन्दाले बताए। प्रमुख ऊर्जा कम्पनीहरूका अनुसार इशिकावाको सिका आणविक उर्जा संयन्त्र तथा नजिकैको निगाता प्रान्तको काशीवाजाकी–कारिवा आणविक उर्जा संयन्त्रमा कुनै असहजता फेला परेको छैन ।
भूकम्पपछि जोयत्सु र होकुरिकु सिंकानसेन बुलेट ट्रेनको सेवा अस्थायी रूपमा स्थगित गरिएको पूर्वी जापान रेलवे कम्पनी एन्डिटेमले जनाएको छ ।
Comments
अरु समाचार
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई...
-
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक...
-
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित
काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता...
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...
-
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
काठमाडौं । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मिरागोएनमा भएको विस्फोटमा...