नयाँ बजेट सन्तुलित छ: अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले विगत वर्षमा गरिएका आर्थिक सुधारलाई बढावा दिने, उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको घोषणा गरेको जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा‘आर्थिक वर्ष २०८१–८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि’सांसदहरुले उठाउनु भएको जिज्ञासाको जवाफमा उनले नयाँ बजेट गठबन्धन सरकारको साझा कार्यक्रमलाई कार्यान्वयन गर्न ल्याइएको, बजेट पूर्व अन्तर मन्त्रालयसँगको छलफल गरिएको , निजी क्षेत्रको सुझाव र सरोकारलाई सम्बोधन गरिएको छ भने ।
उनले भने , “विगतका वर्षमा भन्दा पुँजीगत खर्चमा हुने वृद्धि हुने गरी लक्ष्य तय गरिएको छ, लगानीयोग्य रकमको उपलब्धतालगायतका कारणले छ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ । ” अर्थमन्त्री पुनले लगानीमैत्री वातावरण बन्दै गएको, समग्र आर्थिक सुधार हुँदै गएका कारणले गर्दा आर्थिक वृद्धिको लक्ष्य हासिल हुने प्रर्याप्त आधार बनेको भनाइ छ । बजेटको आकार महत्वाकांक्षी नभइ यथार्थ छ रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले मध्यकालीन खर्च संरचनाले तय गरेको सीमाका आधारमा नै प्रस्तुत गरिएको बताए । बजेटको आकारका सम्बन्धमा पूर्वाग्राही टिप्पणी गरिएको उनको कथन छ ।
उनले भने, “ बजेटमा प्रादेशिक सन्तुलन कायम गरिएको छ, आयोजना प्रमुखको सरुवा नगरी आयोजनालाई गति दिएको छ, रणनीतिक महत्वका आयोजनामा सहज रुपमा बजेट उपलब्ध गराउने गरी प्रबन्ध गरिएको छ । आर्थिक वृद्धिको सम्भावक क्षेत्र पहिचान गरी आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको र पुँजीगत खर्च वृद्धि हुन्छ । ”
सूचना प्रविधिको क्षेत्रमा काम गर्ने जनशक्तिको वृद्धि र लगानीका कारण यस क्षेत्रबाट रोजगारीको अभिवृद्धि हुने सरकारको विश्वास रहेको उनको भनाइ छ । अर्थमन्त्री पुनले कृषि क्षेत्रलाई आधार वर्षका रुपमा लिँदै कृषि दशकको रुपमा अगाडि बढाउने उद्देश्यका साथ बजेट विनियोजन गरिएको जानकारी दिए ।
कृषिमा निजी क्षेत्रलाईसमेत जोडेर लैजाने लक्ष्य निर्धारण गरिएको , सामाजिक न्यायमा आधारित रहेर नयाँ चरणको आर्थिक सुधारको कार्यक्रम अगाडि बढाइएको जानकारी दिदै उनले राष्ट्रिय गौरवका आयोजना, प्राथमिकता प्राप्त आयोजनामा बजेटको अभाव हुन नदिने बताए । उनले भने, “अनुगमन प्रणालीलाई थप व्यवस्थित बनाइने, निजी क्षेत्रको सहकार्यमा सबै प्रदेशमा आर्थिक केन्द्र निर्माण गरिने, नियमित दायित्वमा रहने कामका लागि अर्थमन्त्रालयमा केही बजेट राखिएको छ । ”
कोभिडपछि मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सरकारले लिएको ऋणको साँवा ब्याज भुक्तानीका लागि बजेटमा आवश्यक प्रबन्ध गरिएको जानकारी दिँदै उनले यसमा सतर्क भने हुनैपर्ने स्पष्ट पारे । आगामी आवमा राजस्व परिचालनलाई व्यवस्थित र अनुमानयोग्य बनाउन सरकारले प्रयत्न गरेको र करका दरमा सामान्य हेरफेर गरिएको जानकारी दिए ।
Comments
अरु समाचार
-
२६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति
काठमााडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना...
-
सुनको मूल्य तोलामा एक हजार दुई सयले वृद्धि
काठमाडौं । सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ ।आइतबार प्रतितोला रू एक लाख ६७ हजार पाँच सयमा...
-
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
काठमाडौं । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका...
-
नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १९...
-
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका यो वर्ष पनि उत्कृष्ट
काठमाण्डौ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ भरतपुर महानगरपालिका उत्कृष्ट भएको छ । छ वटा...
-
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ४०० ले बढेको हो । बिहीबार प्रतितोला...
-
नेपाल-भारत आयात/निर्यात हुने बिजुलीको प्रतियुनिट दर १२ रुपैयाँ ९६ पैसा
काठमाण्डाै । नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) को १६औं बैठकले आयात/निर्यात हुने बिजुलीको प्रतियुनिट दर १२ रुपैयाँ ९६ पैसा तय...
-
हिमालय एयरलाइन्सले पोखराबाट ल्हासा उडान गर्ने
काठमाडौं । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले बुधबार पोखरा ल्हासा उडान गर्ने...
-
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु.दुई हजार ३०० ले बढेको हो । बुधबार...