ताजा समाचार

स्कुटर दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । झापाको मेचीनगरमा बुधबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१२ धाइजनस्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको जिपलाई स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ७ प ७२८३ नम्बरको स्कुटरले सडकको बायाँतर्फ बिग्रिएर रोकिराखेको को१च ७२६४ नम्बरको जिपलाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा स्कुटर चालक बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र त्यसमा सवार इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org