ताजा समाचार

म्यान्मारमा पहिरोमा परी पाँच जनाको मृत्यु, सात व्यक्ति बेपत्ता

काठमाडौं । म्यानमारको खानीमा गएको पहिरोमा परी दुई चिनियाँ नागरिकसहित कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना बेपत्ता भएको खानीमा कार्यरत एक कामदारले बताए । चीनसँग सीमा जोडिएको कचिन राज्यको पाङ्वामा रहेको खानीको केही भाग मङ्गलबार बिहान खसेको खानीमा काम गर्ने कामदारले बताएका छन् ।

उनीहरूका अनुसार ‘पहिरोका कारण पूरै पहाड झरेको, ठूलाठूला रूख ढल्दा निकै ठूलो जङ्गली क्षेत्र कटान भएका र कम्तीमा पाँच जनाको मृत्यु भएको साथै सात जना हराइरहेका छन्’ । उद्धारकर्ताले दुई चिनियाँ नागरिक, दुई सुरक्षाकर्मी र एक कामदारसहित पाँच जनाको शव फेला पारेको स्रोतले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले खानीबाट पाँच जनाको मृत्यु भएको र कम्तीमा २० जना हराइरहेका बताएका छन् । म्यान्मारको सुदूर उत्तरमा मूल्यवान् पथ्थर, सुन र काठजस्ता अन्य प्रचुर प्राकृतिक स्रोतहरूको खानी रहेको कचिन राज्यमा यी प्राकृतिक स्रोत जातीय कचिन विद्रोही र म्यान्मारको सेनालाई दशकौँ लामो गृहयुद्धका क्रममा आकर्षक आम्दानीको रूपमा रहेका छन् ।

यो क्षेत्र इलेक्ट्रिक साधनहरूमा प्रयोग हुने चुम्बकको खानीका लागि पनि प्रसिद्ध छ । ग्लोबल विटनेसले गत महिना स्याटेलाइट इमेजरीलाई उद्धृत गर्दै पाङ्वा शहरको वरपर ३०० भन्दा बढी खानी स्थलहरू रहेको बताएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org