मुलुकको विकासमा सबै एकजुट हुनुपर्नेमा जोड
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा पार्टीका नेता तथा कायकर्ताका साथै सबै एकजुट भएर अगाडि बढनुपर्ने बताएका छन् ।
आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले मुलुक सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै लाग्नुपर्नेमा जोड दिए ।
नेता कोइरालाले पार्टीबाट रुष्ट भएका, निष्क्रिय नेता ताथ कार्यकतालाई पार्टीमा फर्किन आग्रह गरेका थिए । “कसैप्रति भेद्भाव नराखी मुलुकको आर्थिक, सामाजिक पक्षको विकास गर्दै लोकतन्त्रको संस्थागत विकास आवश्यक रहेका हामी सबै यसमा समर्पित हुनुपर्छ”, उनले भने। अहिले राजनीतिक अस्थिरताले देशको संवृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो ।
Comments
अरु समाचार
-
खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागीः ५० लाख बराबरको क्षति
काठमाडौं । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा...
-
विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा विद्युतीय व्यापार विधेयक सम्बन्धी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन...
-
१० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ । शुक्रबार...
-
प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रवार) सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । आज दिउँसो १...
-
प्रधानमन्त्री र विपक्षी दलको नेता हुँदाको ’प्रचण्ड’ अभिव्यक्तिमा गम्भीर आशंका: शंकर पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभाको बैठकमा असन्तुलित अभिव्यक्ति दिएको...
-
रवि हिरासतमुक्त, ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला प्रहरीको हिरासतबाट मुक्त भएका छन् । जिल्ला अदालत चितवनले मागेको...
-
रवि लामिछानेको बहस सकियो, आजै आदेश आउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ। जिल्ला अदालत, चितवनमा दुवै पक्षको बहस सकिएको...
-
राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक...
-
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
काठमाडौं ।सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ ।...