टी–२० विश्वकप: अस्ट्रेलियालाई हराउँदै भारत विश्वकपको सेमिफाइनलमा
काठमाडौं । भारत आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको ‘सुपर ८’को खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८१ रन बनायो ।
उसका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ७६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । ४३ बलको सामना गरेका उनले ९ चौका र ४ छक्का प्रहार गरे । उनलाई भारतका जसप्रीत बुमराहले रोहित शर्माको हातबाट क्याच आउट गराएका थिए ।
त्यस्तै कप्तान मिचेल मार्श २८ बलमा ३७ रन बनाएर आउट भए । आउट हुनुअघि उनले तीन चौका र दुई छक्का प्रहार गरेका थिए । उनलाई भारतका कुलदीप यादवले अक्षर पटेलबाट क्याच आउट गराए । खेलको पहिलो ओभरमा नै अस्ट्रेलियाका डेभिड वार्नर आउट भएका थिए । वार्नरले ६ बलमा एक चौकासहित ६ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले २०, टिम डेभिडले १५ तथा मार्कस स्टोइनिसले २ रनको योगदान दिए ।
भारतका लागि अर्शदीप सिंहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३७ रन खर्चिए । त्यस्तै कुलदीप यादवले दुई विकेट लिदा जसप्रीत बुमराह र अक्षर पटेलेको नाममा एकएक विकेट रह्यो । त्यसअघि सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । जारी विश्वकपमा भारतले पहिलो पटक दुई सय रनको आँकडा पार गरेको हो ।
उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ९२ रन बनाए । ४१ बलको सामना गरेका शर्माले ७ चौका र ८ छक्का प्रहार गरे । शर्मालाई अस्ट्रेलियाका मिचेल स्टार्कले आउट गरेका थिए । त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ पंत १५ रन बनाएर आउट भए। १४ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे। उनलाई अस्ट्रेलियाका मार्कस स्टोइनिसले ट्राभिस हेडको हातबाट क्याच गराए ।
भारतका लागि शुर्यकुमार यादवले ३१, शिव्म दुवेले २८ रन बनाउँदा हार्दिक पाण्ड्याले नट आउट २७ रनको योगदान दिए । यस्तै ओपनिङ गर्न आएका विराट कोहली पाँच बलको सामना गर्दै शुन्य रनमा आउट भए । उनलाई अस्ट्रेलियाका जोश हेजलवुडले ट्राभिस हेडको हातबाट क्याच गराए । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिस र मिचेल स्टार्कले समना दुईदुई विकेट लिए । त्यस्तै जोश हेजलवुडको नाममा एक विकेट रह्यो । हारसँगै अस्ट्रेलियाको सेमिफाइनल सम्भावना कमजोर बनेको छ ।
Comments
अरु समाचार
-
२५ एसपी एसएसपीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार प्रकाशन गरेको विज्ञप्ति...
-
योग साधनाको सुरुवाती भूमि नेपाल हाे : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशौँ राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मानिसको सबैभन्दा महत्वपूर्ण कुरा...
-
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै, थारु समुदायले माघी मनाउने
काठमाडौँ । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर...
-
कुनै दल फुटाउने र मिलाउने काम गर्दिनः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दल फुटाउने र मिलाउने काम आफ्नो...
-
माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती
कैलाली" पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ...
-
आजदेखि स्वस्थानी व्रतकथा सुरु, यस्तो छ व्रतको महिमा
काठमाडौँ: वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल...
-
फौजदारी न्याय प्रणालीलाई सुदृढ बनाउन विभिन्न नीतिगत सुधार गरियो: महान्यायाधिवक्ता बडाल
काठमाडौं । फौजदारी न्याय प्रणालीलाई थप सुदृढ गर्न विभिन्न नीतिगत सुधार गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । महान्यायाधिवक्ता कार्यालयले आइतबार...
-
आजको राशिफल: २०८१ पुस २९ गते सोमबार
मेष कर्मयोगले नयाँ मोड लिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम...
-
कुलमानले विभागीय मन्त्रालयमा ९ बुँदे स्पष्टीकरण पेश गरे
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभागीय मन्त्रालयमा ९ बुँदे स्पष्टीकरण पेश गरेका छन् । ६ पन्ने...