ताजा समाचार

सबैभन्दा बढी विद्यार्थीले ल्याए २.८० देखि ३.२० जीपीए

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार ४ लाख ६४ हजार ७८५ विद्यार्थी मध्ये नियमिततर्फ २ लाख ४२ हजार ९२ जना विद्यार्थी कक्षा ११ मा भर्नाका लागि योग्य भएका छन् ।

बोर्डका अनुसार यस वर्ष सबैभन्दा बढी विद्यार्थीले २.८० देखि ३.२० जीपीए प्राप्त गरेका छन् । यो ग्रेडभित्र ७८ हजार ८७४ विद्यार्थी छन् । यस्तै, सबैभन्दा कम ६ विद्यार्थीले १.६० देखि २.० जीपीए ल्याएका छन् । सबैभन्दा राम्रो ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १८६ रहेको छ । ३.६० देखि ४.० जीपीए ल्याउने ३१ हजार २०९ जना छन् । यसैगरी, ३.२० देखि ३.६० जीपीए ल्याउने ६८ हजार २५६ जना, २.८० देखि ३.२० ल्याउने

जीपीए २.४० देखि २८० सम्म ल्याउने परीक्षार्थीको संख्या ४१ हजार १७७ छन् । २ हजार ९५० जनाले जीपीए २.० देखि २.४० ल्याएका छन् । यस वर्ष दुई लाख ४२ हजार ३१३ परीक्षार्थी नन ग्रेडमा परेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । जसमा दुई विषयसम्म नन ग्रेड हुनेको संख्या एक लाख १५ हजार ८३४ विद्यार्थी छन् । दुई सय २१ जनाको परीक्षा रद्द भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org