ताजा समाचार

युथ रेडक्रस पब्लिक युथ क्याम्पसको आयोजनामा क्याम्पस परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न

काठमाडौं । युथ रेडक्रस पब्लिक युथ क्याम्पस र पब्लिक युथ क्याम्पस कर्मचारी संघको संयुक्त आयोजनामा पब्लिक युथ क्याम्पस परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

असार पन्ध्र तथा राष्ट्रिय धान दिवसको विशेष अवसरमा सरसफाई कार्यक्रम आयोजना गरिएको युथ रेडक्रस सर्कल पब्लिक युथ क्याम्पस सचिव सरस्वती पनेरुले बताएकी छन् । उनका अनुसार रेडक्रसको समिति क्याम्पसमा गठन भएदेखी नै नियमित रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर गतिविधिलाई प्रभावकारी बनाउँदै लगिएको छ ।

पनेरुका अनुसार युथ रेडसर्कल पब्लिक युथले विभिन्न समयमा रक्तदान ,डेङ्गु नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम,अग्नि नियन्त्रण लगायत विभिन्न समयमा सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।रेडक्रसले समय–समयमा हेल्थ डेस्क सञ्चालन गर्ने, प्रत्येक विद्यार्थीको परिचय पत्रमा ब्लड ग्रुप अनिवार्य गर्ने,क्यम्पसमा प्राथमिक उपचार कक्ष स्थापना र प्रभाकारी सञ्चालन गर्ने योजना रहेको रहेको समेत उनले बताईन ।

सामाजिक सेवाको महान भावनाका साथ स्थापना भएको रेडक्रस विश्वकै सबैभन्दा ठूलो मानविय संस्था हो । नेपालमा रेडक्रस सोसाईटिको स्थापना वि.सं २०२० भाद्र २१ गते भएको थियो । हालसम्म नेपालमा यसका ७७ बटै जिल्लामा जिल्ला शाखा कार्यालयहरु देशको मा रहेको छन्, भने जिल्ला शाखाहरूले १,५०८ भन्दा बढी उप–शाखाहरू र ५,४१० जुनियर तथा ८६५ युवा रेडक्रस सर्कलहरू स्थापना भएर नियमित रुपमा सेवा प्रवाह गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org