ताजा समाचार

मकैबारीमा महिलाको शव भेटियो

काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकामा मकैबारीमा महिलाको शव भेटिएको छ। हरिपुर नगरपालिका ४ हरैया गाउँका ठागा रायकी ४५ वर्षीया श्रीमती कृष्णादेवी रायको मकैबारीमा शंकास्पद अवस्थामा शव भेटिएको हो।

शनिवार दिउँसो ४ बजेतिर घरबाट घाँस काट्न खेततिर गएकी कृष्णादेवी अबेर साँझसम्म घर नफर्केपछि घरका सदस्यहरूले खोजेका थिए। मृतक महिलाका श्रीमानसहित टोलछिमेकका मानिसहरू खोज्दै जाँदा साढे ९ बजेतिर महिलाको शव मकैबारीमा भेटिएको थियो। घरदेखि झन्डै साढे पाँच सय मिटर पूर्व रहेको आफ्नै मकैबारीमा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरी प्रमुख एसपि रवीन्द्रकुमार सिंहले मृतक महिलाको शरीरमा चोटपटक देखिएकोले घटना शंकास्पद रहेको बताएका छन्। मृतक महिलाको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको छ। घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको एसपि सिंहले जनाएका छन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org