ताजा समाचार

बाटो काटिरहेको कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आँउदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकलले शुक्रबार साँझ कमल गाउँपालिका-५ सावित्रा चोकमा बाटो काट्दै गर्दै गरेको कुकुरलाई ठक्कर दिएको थियो। दुर्घटना हुँदा दुईजना घाइते भएका थिए ।

घाइतेमध्ये मोटरसाइकल पछाडि सवार शिवसताक्षी २ का ४० वर्षीय नवीन आचार्यको शनिबार अपरान्ह उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।

आचार्यको बिर्तामोडस्थित बीएन्डसी अस्पताल उपचारका क्रममा ज्यान गएको हो । अर्का घाइते त्यही ठाउँका मोटरसाइकल चालक २६ वर्षीय पदमबहादुर पौडेलको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org