ताजा समाचार

दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

काठमाडौं । सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आग्रह गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै एमाले महासचिव शंकर पोखरेलले प्रचण्ड नेतृत्वको सरकारले संसदबाट विश्वासको मत पाउने कुनै सम्भावना नरहेको भन्दै अल्पमतमा परेको सरकारले दीर्घकालीन असर पर्ने निर्णय नगर्न भनेका हुन् ।

एमालेले प्रचण्डलाई राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग गर्नसमेत आह्वान गरेको छ । कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार प्रचण्डलाई विस्थापित गरी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने अवस्थामा छन् । त्यसैले एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरी मन्त्रीहरूलाई पनि फिर्ता बोलाइसकेको छ ।

एमालेले समर्थन फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । तर, प्रचण्डले आगामी १९ साउनभित्र संसदमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्न पाउने संवैधानिक अधिकार छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org