ताजा समाचार

भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको तथ्याङ्क

काठमाडौं । भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको पाइएको छ । सन् २००९–१० मा केबल ९५ अर्ब डलर रहेको भारतको सेवा निर्यातसन् २०२३–२४ सम्म आइपुग्दा बढेर ३ खर्ब ४० अर्ब डलरपुगेको छ ।

भारतीय कुल सेवा क्षेत्रको निर्यातमध्ये झण्डै आधा अर्थात् ४७ प्रतिशत सफ्टवेयर सेवाको निर्यात रहेको जनाइएको छ । त्यसपछि व्यवसायिक सेवा २४ प्रतिशत रहेको छ ।

विश्वव्यापी रुपमा हेर्दा सेवा क्षेत्रको निर्यातमा अमेरिका अगाडि छ । त्यसपछि बेलायत, जर्मनी, आयरल्याण्ड र फ्रान्स छन् ।विकासशील मुलुकमा चीनपछि भारत सबैभन्दा धेरै सेवाक्षेत्रको निर्यात गर्ने मुलुकमा पर्छ । भारतपछि सिंगापुर, यूएई र टर्की छन् ।

द टाइम्स कुवेतका अनुसार सेवा क्षेत्रले भारतीय कुल ग्राहस्थउत्पादनमा ५० प्रतिशत भन्दा धेरै योगदान दिने गरेको छ । भारत सरकारले सन् २०३० सम्म सेवा क्षेत्रको बजार १ ट्रिलियन डलरसम्म पु(याउने लक्ष्य राखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org