ताजा समाचार

अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका केही ठाउँ जलमग्न

काठमाडौं । शुक्रबार रातिदेखि शनिबार साँझसम्मको अविरल वर्षाका कारण काठमाडौं उपत्यका जलमग्न भयो । यहाँका नदीनाला र जलाशयहरु पानी भरिभराउ भए । बागमती, विष्णुमती, मनोहरा लगायत खोला तथा नदी किनारका घरहरु डुबानमा परे ।

भक्तपुरमा मनोहरा खोला किनारमा डेढ दर्जन भन्दा बढी टहरा डुबानमा परेर मानिसहरु विस्थापित भए । ललितपुरको च्यालसमा नेकपा एमालेको पार्टी कार्यालय र च्यासल रंगशालाभित्र बाढी पस्यो ।

काठमाडौंको बल्खुमा तरकारी बजार नै डुबानमा पर्‍यो भने युएन पार्क वरपर बागमती किनारका सडक नै डुबायो ।काठमाडौंको नागार्जुन नगरपालिका-३ मा घरमा पहिरो जाँदा एक जनाको मृत्यु नै भयो । वर्षा र बाढीले काठमाडौंमा डुबान भएर धेरै धनमालको क्षति समेत भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org