गाजापट्टीको एक विद्यालयमा इजरायली आक्रमण, १६ जनाको मृत्यु
जेरुसलेम । गाजा पट्टीको एक विद्यालयमा भएको इजरायली हवाई हमलामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । धेरैजना घाइते भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हजारौं विस्थापितलाई आश्रय दिइएको भवनमा गाजाको मध्य भागमा रहेका भवनमा इजरायलले हवाई हमला गरेको थियो । तर इजरायली रक्षा बल (आईडीएफ) ले भने यो भवनमा धेरै आतंकवादी रहेकाले आक्रमण गरेको बताएको छ ।
शिविरको एउटै घरमा १० जनाको र बाँकी छ जनाको अर्को भवनमा ज्यान गएको थियो । नुसेराट विद्यालयमा भएको एउटा आक्रमणको एउटा भिडियोमा वयस्क र बालबालिका धुलो र भग्नावशेषबाट उडेको धुवाँले भरिएको सडकमा चिच्याइरहेका थिए ।
बीबीसीका अनुसार भवनमा सात हजार जनाले शरण लिइरहेका थिए । एक जना महिलाले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार भवनमा आक्रमण हुँदा कुरान पढ्दै गरेका केही बालबालिकाको ज्यान गएको थियो ।
इजरायलले कुनै पनि चेतावनीबिना विद्यालय भवनमा आक्रमण गरेको यो चौथो पटक हो । हिजो मात्रै भएको एउटा अर्को आक्रमणमा पाँच जना स्थानीय पत्रकारको ज्यान गएको थियो । ‘रिपोर्टर्स विदाउट बोर्डर्स’का अनुसार गएको अक्टोबर ७ को आक्रमणपछि गाजामा एक सय जनाभन्दा धेरै पत्रकारले ज्यान गुमाएका छन् ।
Comments
अरु समाचार
-
नेपाल–चीन वाणिज्य सचिवस्तरीय बैठक: काठमाडौं-ल्हासा बस सेवा पुन: सञ्चालन गरिने
काठमाडौं । नेपाल–चीन वाणिज्य सचिवस्तरीय बैठकले काठमाडौं–ल्हासा बस सेवा पुनः सञ्चालन गर्ने तथा सीमा र व्यापार पूर्वाधार निर्माणलाई तीव्रता दिने...
-
तीन लाख नाघ्यो सुनको मूल्य
काठमाडाैं । नेपालकाे स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन नौ हजार...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...











