प्रचण्डले सत्ता लम्याउने षडयन्त्र गर्दै एमाले र कांग्रेसलाई घुमाएकाले हामी मिल्नु पर्योः योगेश भट्टराई
काठमाडौं । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कांग्रेस–एमालेका नेताहरूबिच नयाँ सत्ता समीकरणको विषयमा सहमति भइसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले दुई दलबिच भएको सहमतिलाई संसदीय दलको बैठकले अनुमोदन गरेको पनि जानकारी दिए ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले मुलुकमा कतिपय अवस्थामा आउने यस्ता असामान्य क्षणलाई कतिपयले असामान्य गठबन्धनको रूपमा त कतिपय परिस्थितिको उपजको रूपमा व्याख्या गर्ने गरेका बताए। ‘सामान्यतया संसदीय व्यवस्था भएका मुलुकमा दुईवटा प्रमुख राजनीतिक दलबिच सत्ता साझेदारी गर्नु राम्रो होइन, यो पटक–पटक गरिने विषय पनि होइन, देश सङ्कटमा पर्न लागेका बेला हामीले यस्ता ऐतिहासिक निर्णय गर्दैआएका छौँ’ उनले भने ।
भट्टराईले एमाले र नेपाली कांग्रेसबिच २०४६ सालमा ऐतिहासिक सहमति नभएको भए बहुदलीय व्यवस्था प्राप्त हुन अझै ढिलो हुन सक्ने स्मरण गराए । २०४७ को संविधान कांग्रेस र एमाले मिलेर बनाएको पनि नबिर्सन उनले सांसदहरूलाई स्मरण गराए ।
माओवादी सशस्त्र द्वन्द्वको कारण देश उकुसमुकुस भएको अवस्थामा देशमा शान्ति स्थापना गर्न पनि एमाले र कांग्रेस एक ठाउँमा उभिएको उनले बताए । त्यसैको जगमा संविधान सभाबाट संविधान लेखिएको कुरा नबिर्सन उनले आग्रह गरे। ‘ऐतिहासिक कालखण्डमा हामी दुईवटा पार्टी सहमतिका साथ अघि बढेका छौँ’ उनले भने ।
२०७९ को निर्वाचनपछि एमाले प्रतिपक्षमा बस्नु पर्छ भन्ने मनस्थितिमा रहेको भए पनि एमालेविरुद्ध बनेको गठबन्धनले काम गर्न नसकेपछि एमालेले प्रचण्डलाई समर्थन गरेको उनले बताए । त्यो सहकार्यलाई एमालेले लामो समयसम्म लैजान चाहेको भए पनि प्रचण्ड एकाएक सहमति तोडेर कांग्रेससँग मिल्न जाँदा एमाले प्रतिपक्षमा पुगेको उनले स्मरण गराए ।
काँग्रेससँगको सहकार्यलाई एमालेले २०८४ सम्म लैजाने उनले विश्वास दिलाए । एउटासँग सहमति गर्ने र अर्को समीकरण बनाउन लागि हाल्ने प्रचण्डको स्वभावको कारण अहिलेको परिस्थिति सिर्जना भएको भट्टराईले टिप्पणी गरे। संविधान कार्यान्वयनको क्रममा देश यसको सिंहावलोकन गर्ने अवस्थामा आइपुगेको भट्टराईले बताए । संविधानका कतिपय विषयमा पुनरावलोकन गर्ने स्थिति आएको उनले स्पष्ट पारे ।
देशमा सबै क्षेत्रमा समावेशी प्रतिनिधित्वलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा छलफल गरी समयअनुसार संविधान परिमार्जन गर्न आवश्यक रहेको भट्टराईले बताए । यो परिस्थितिमा फेरि पनि एमाले र कांग्रेस एक ठाउँमा उभिनु पर्ने स्थिति आएको उनले स्पष्ट पारे। एमालेले अहिलेको समीकरण जोगाउन हदैसम्म लचक भएको बताउँदै भट्टराईले प्रधानमन्त्री प्रचण्डले त्यसलाई कमजोरीको रूपमा लिएको बताए। प्रधानमन्त्रीको जादुमय अङ्कले एमालेप्रति नै अविश्वास गर्न थालेपछि एमाले बाध्य भएर कांग्रेससँगको समीकरणमा पुगेको उनले स्पष्ट पारे।
अहिलेको आवश्यकता राष्ट्रिय सहमतिको सरकारकै भए पनि त्यसको नेतृत्व प्रचण्डले गर्न नसक्ने उनले स्पष्ट पारे । प्रचण्ड कांग्रेस र एमालेलाई रोटे पिङ घुमाएजस्तै गरी घुमाउने र आफ्नो सत्ता लम्याउने षडयन्त्र गरेको भट्टराईले आरोप लगाए । मुलुकको आत्मविश्वास बढाउन र देशलाई लयमा फर्काउन कांग्रेस–एमाले एक ठाउँमा उभिएको उनले बताए।
प्रधानमन्त्रीले विश्वास र समर्थन गुमाइसकेको बताउँदै उनले संसदबाट राजीनामा घोषणा गर्न उनले आग्रह गरे । उनले कांग्रेस–एमालेले सुरु गरेको राष्ट्रिय सहमतिको सरकार बनाउने अभियानमा साथ दिन सबै राजनीतिक दललाई आग्रह गरे ।
Comments
अरु समाचार
-
नयाँ प्रधानन्यायाधीश राउतको शपथ भोलि हुँदै
काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ भोलि (आइतबार) हुने भएको छ। राष्ट्रपति भवनमा आइतबार दिउँसो १ः ३० बजे राष्ट्रपतिको...
-
पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत
काठमाडौं । दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र...
-
बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन
राजविराज (सप्तरी), १९ असोजः सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी...
-
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड रुपियाँ
काठमाडौँ: विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड रुपियाँ प्राप्त गर्दैछ । सन्...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
काठमाडौँ । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना...
-
मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, १९ असोजः देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको...
-
आजको राशिफल: २०८१ साल असोज १९ गते शनिबार
मेष: आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ। प्रियजनसँगको भेटघाटले दिन...
-
गृह मन्त्रालयले प्रहरी निरीक्षक शाहीलाई किन गर्यो निलम्बन ?
काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक विनुकुमारी शाहीलाई निलम्बन गरेको छ । शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरीप्रधान कार्यालयमा...
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीनकरोड जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा...