ताजा समाचार

भारतले जिम्बाबेलाई १०० रनले हरायो,अभिषेकले बनाए शतक

काठमाडौं । भारतले जिम्बाबेविरुद्धको दोस्रो टी–२० खेलमा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित गरेको हो ।भारतले दिएको २३५ रनको लक्ष्य पछाएको जिम्बाबेले १८।४ ओभरमा अल आउट हुँदै १३४ रन बनाएको थियो ।

जिम्बाबेका लागि वेस्ली माधेभेरेले सर्बाधिक ४३ रन बनाए भने लुके जोंगवेले ३३ रन बनाएका थिए । त्यस्तै ब्रायन बेन्नेटले २६ रन बनाएका थिए । त्यसैगरी भारतीय बलर मुकेश कुमार र अभेश खानले ३–३ विकेट लिएका थिए भने रवि बिश्नोईले २ तथा वाशिंगटन सुन्दरले एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २३४ रन बनाएको थियो । भारतका लागि दोस्रो टी२० खेल खेलिरहेका अभिषेक शर्माले शतक प्रहार गरेका थिए उनले ४७ बलमा १०० रन बनाएका थिए ।

त्यस्तै रुतुराज गायकवाडले अविजित ७७ रन बनाए भने रिंकु सिंहले २२ बलमा ४८ रन बनाएका थिए ।यो जितपछि भारतले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । यस अघि पहिलो खेल जिम्बाबेले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org