राजस्व अनुसन्धान विभागको प्रतिशोधपुर्ण कारवाही
काठमाडौं । सरकारी उपसचिव,सहसचिव र सचिवहरूले कसरी अधिकारको दुरूपयोग गरि उद्यमी व्यवसायी र सेवाग्राही नागरिकहरूलाई दुःख दिन्छन? घुस लिन्छन,भ्रष्टाचार गर्छन,देशमा कुशासन सञ्चालन गर्छन भन्ने विषयमा हामीले अब नियमित रूपमा कलम चलाउने जमर्को गर्दैछौ। घुसखोरी,भ्रष्टाचार,बेथिती र कुशासनले ग्रस्त भएको निजामती प्रशासनलाई राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकल प्रयासले मात्र सुधार्न सकिने अवस्था विद्यमान छैन। यसमा सचेत नागरिक र संञ्चार जगतको पनि सकृय हातेमालो जरुरी भएको विज्ञहरूले बताउदै आएका छन। त्यही भएर अब हामी भ्रष्टाचार,कुशासन र अधिकार दुरुपयोगका विषयलाई उदाङ्गो पारेर जाने निष्कर्षमा पुगेका छौ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहतको राजस्व अनुसन्धान विभागमा २०७९ माघ २३ मा नारायण सापकोटा महानिर्देशक हुँदा उनले तात्कालिक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आडभरोशामा अधिकारको दुरुपयोग गर्दै प्रतिस्पर्धी व्यवसायीहरूको तथ्यहिन र हचुवा उजुरीका आधारमा,अरू कसैलाई फाइदा पुग्ने गरि दरबारमार्गका ब्राण्डेड जुत्ता र कपडा लगायतका पसलहरूमा छापा मारेर,पसल शिलबन्दी गरि प्रतिशोध र पुर्वाग्रहपुर्ण कारवाही गरिदा धेरै व्यवसायीहरूले अनेकौं समस्या भोग्न पुगेका थिए। उनीहरूले बदनामी व्यहोरेका, राजस्व छलीको मुद्दा खेपेर दुःख पाएका,करोडौ रकम धरौटी राखेका,लाखौ रकम खर्च गरेर वकिल राखेका,अदालतमा तारेखमा बसेका र आफ्नो व्यवसाय जोखिममा पारेको अवस्था थियो।
त्यसबेला महानिर्देशक सापकोटाले रूट फेसन प्रा.लि. को वीरगन्ज भन्सार कार्यालयबाट भन्सार पासभई छुटेका तीन वटा ट्रक ना.३ ख ७७५०, ना.३ ख ७४५० र ना.३ ख ७६५८ को मालवस्तु पक्राउ गरि २ करोड १८ लाख ५२ हजारको बिगो कायम गरि मुद्दा चलाएका थिए।
यसैगरि काठमाडौंको वीरगन्जबाट भन्सार क्लियर गरि छुटेको अर्नेश ट्रेडिङ प्रा. लि.को ट्रक नं ७०६५ मा रहेको २ करोड ७ लाख मूल्य बराबरको बिगो कायम गरि स्वीण्डिलको न्यून मूल्य घोषणा गरेको तथा भन्सार दरबन्दी छलेको आरोपमा मालवस्तु समातिएको थियो। यसैगरि महाकाली इन्टरप्राइजेजको सुख्खा बन्दरगाह चोभार किर्तिपुरबाट भन्सार पास गरि ल्याइएको १ करोड ५ लाख मूल्य बराबरको ५ अमेरिकी डलर मुल्य पर्ने जुत्तालाई १ अमेरिकी डलर मुल्य घोषणा गरि ल्याएको भन्दै कोरा छानवीन अनुसन्धान गरि मुद्दा चलाइएको थियो।
यस्तै शिव बुवा प्रा. लि. को एरोविलका आधारमा २ करोड बिगो कायम गरि ५२ वटा प्र.प्र.माथि कारवाही गरेका थिए। त्यसबेला गलफम ट्रेनिङ कन्सर्नको पनि सामान बरामद गरि मुद्दा दायर भएको थियो। यी सबै राजस्व छलिको मुद्दामा अदालतबाट पिडितहरूले राजस्व चुहावट र छलि नभएको भन्दै सफाई पाएका छन। यसरी राजस्व अनुसन्धान विभागको पुर्वाग्रहपूर्ण कारवाहीबाट ढिलै भएपनि न्याय पाएका छन। यस्तो कारवाहीबाट पिडित बनेका व्यवसायीहरूले क्षतिपुर्ति पाउनुपर्ने माग उठिरहेको छ।
सापकोटाले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख हुँदा आफुले नमानेको भन्दै अख्तियारमा सहसचिव हुँदा नायव सुब्बा भरत घिमिरेलाई प्रतिशोधपुर्ण कारवाही गरेका थिए। सापकोटा भन्सार विभागको उपमहानिर्देशक र महानिर्देशक हुँदा उनले धेरै मालवस्तुमा कम राजस्व लिएर सरकारलाई राजस्व घाटा हुनेगरि मातहतका भन्सार कार्यालयलाई निर्देशन दिएर आर्थिक लाभ लिएको त्यसबेला विभिन्न भन्सार कार्यालय बसेका राजस्व कर्मचारीहरू बताउछन।
माओवादी केन्द्रका नेता हिमाल शर्माका खास मानिस भनेर चिनिने सहसचिव सापकोटाले उनै नेता शर्मा र तात्कालिक मुख्यसचिव डा.शंकर बैरागीको विशेष कृपामा आकर्षक कार्यालयमा जिम्मेवारी पाउदै माओवादी केन्द्र र प्रधानमन्त्री कार्यालयमा रहेका प्रधानमन्त्री प्रचण्डका निजी सचिव, स्वकिय सचिव,सल्लाहकार र वरपरका आसेपासेहरूलाई करोडौ रकम बुझाएर पोस्दै आएकाले अहिले फेरि महालेखा नियन्त्रण कार्यालयमा महत्वपूर्ण जिम्मेवारी पाएका छन। उनलाई आगामी भदौ महिनामा लेखापाल र लेखाअधिकृतको आन्तरिक सरूवा गर्ने बेलामा त्यहाँ सरूवा गरेर पोसिएको छ। (क्रमश)
Comments
अरु समाचार
-
युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट
काठमााडौं । युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको...
-
२६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति
काठमााडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना...
-
प्रकृति लम्साल मृत्यु प्रकरण: सत्यतथ्य छानबिन गर्न सांसदहरुको माग
काठमाडौं । भारतको ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले सदन ताकेको...
-
केपी ओली कपमा २ विदेशीसहित ९ वटा टाेलीले खेल्ने
काठमाण्डौ। केपी ओली कप फुटबल प्रतियोगितामा दुई विदेशीसहित नौ वटा टोलीले सहभागिता जनाउने भएका छन् ।राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा...
-
प्रकृति लम्साल मृत्यु प्रकरणः कलेजका पाँच जना कर्मचारी निलम्बित
काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) पाँच जना कर्मचारीलाई...
-
अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने, प्रमुख आचार्य केही दिन अस्पतालमै रहने
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरेको छ । कीर्तिपुर अस्पतालमा उपचारत अर्थमन्त्री पौडेलको स्वास्थ्य...
-
प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने
काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री...
-
काठमाडौं विश्वकै चौथो प्रदूषित सहर
काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान...
-
दुधको रकम भुक्तानी गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकलाई दुधको भुक्तानी गर्न बाँकी रहेको रकम यथाशीघ्र भुक्तानी गर्न निजी डेरी उद्योगहरूलाई निर्देशन...