ताजा समाचार

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते

काठमाडौं । रामेछाप मन्थली नगरपालिका-७ कल्लेरीमा बोलेरो दुर्घटना भएको छ।

मन्थलीबाट खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीतर्फ यात्रु बोकेर जाँदै गरेको बागमती प्रदेश ३–०१–०२३ च ३९०९ नम्बरको जिप मंगलबार बेलुका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए।

बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको न्यौपानेले बताए ।

उनका अनुसार मृत्य हुनेमा मन्थली-७ कल्लेरी गणेशथान बस्ने ६५ बर्षीय माया बिकको घटना स्थालमै मृत्यु भएको र अन्य गाडीमा सवार १० जना घाइते भएका बताएको छ ।

घाईतेहरुलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पतालतिर पठाएको उनको भनाइ छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र यसबारे थप अनुसन्धान भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org