ताजा समाचार

प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार नौ सय र तेजावी सुन १ लाख ४४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार एक सय र तेजावी सुन १ लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org