श्री एयरलाइन्सले फड्को मार्दै, भारतको तीन सहरमा उडानकाे प्रस्ताव
काठमाडौं ।श्री एयरलाइन्सले भारतको ३ सहरमा उडानको प्रस्ताव गरेको छ। कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ३ भारतीय गन्तव्यमा उडानको लागि प्रस्ताव गरेको हो।पछिल्लो समय धमाधम जहाज थपेर आन्तरिक उडानमा आक्रामक रुपमा प्रस्तुत भएको श्री एयरलाइन्सले भारतका ३ वटा सहरमा एकै पटक उडानको प्रस्ताव गरेको छ।
चाडपर्व सुरु हुनुअगावै नियमित उडान गर्ने कम्पनीको प्रस्तावमा मन्त्रालयले विभिन्न कारण देखाउँदै आएको छ। श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले मन्त्रालयले उडानको अनुमति दिए असोजबाट उडान गर्ने तयारी रहेको सुनाए। ‘मन्त्रालयसँग छलफल तथा समन्वयकै क्रममा छौँ’, मानन्धरले भने, ‘तत्काल उडान अनुमति दिए असोजबाटै नियमित उडान गर्ने हाम्रो योजना छ।’
कलकत्ता, अहमदावाद र जयपुरमा उडानको लागि मन्त्रालयमा प्रस्ताव पुगेको छ। मन्त्रालयले भारतमा उडान अनुमतिको लागि ४५ दिने सूचना निकाल्नुपर्ने बताउँदै श्री एयरलाइन्सको प्रस्ताव स्वीकृत गरेको छैन। ‘हामीले अन्तर्राष्ट्रिय उडानको लाइसेन्स पाइसकेका छौँ’, मानन्धरले भने, ‘नेपालबाट एयर एम्बुलेन्सको रुपमा श्री एयरलाइन्सले भारतमा धेरैपटक उडान भरिसकेको छ। त्यसैलाई नियमित गर्छौँ भन्दा मन्त्रालयले धेरै प्रक्रियागत कुरा देखाएको छ।’
पछिल्लो समय श्री एयरलाइन्सले राष्ट्रपति रामचन्द्र पौडेल, सांसद चन्द्र भण्डारीलाई एयर एम्बुलेन्सबाट भारतमा उपचारको लागि उडान गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेले उडान अनुमतिसम्बन्धी कार्यविधिले ४५ दिने सूचना निकाल्नुपर्ने व्यवस्था भएको हुँदा प्रक्रियागत रुपमा जानुपर्ने बाध्यता रहेको बताइन्।
‘हाम्रो कार्यविधिले ४५ दिने सूचना निकालेर उडान अनुमति दिनु भन्ने व्यवस्था गरेको छ। श्री एयरलाइन्सले चार्टर्ड उडान गरिरहेकाले अनुमति दिइहाल्नुपर्ने बताएको छ’, घिमिरेले भनिन्, ‘कसरी अनुमति दिन सकिन्छ भन्ने छलफलमै छौँ।’श्री एयरलाइन्सले गत चैतयता मात्रै ३ वटा ८० सिटे क्यू ४०० जहाज नेपालमा भित्र्याएको छ। ठूला जहाज उड्ने नेपालका सबै विमानस्थलमा उडान गर्दै भारतमा उडान विस्तार गर्ने कमपनीको लक्ष्य छ।
‘४५ दिनको सूचना निकाली आवेदन मागेर जाँदा सबै प्रक्रिया पूरा गर्दा असोजमा उडान गर्न सकिँदैन’, उनले भने, ‘असोजमा उडान गर्न नसके नियमित गर्न सक्दैनौँ।’ श्री एयरलाइन्सले ११ वटा जहाज पुर्याएको छ। बुद्ध एयरले मात्रै उडान गर्दै आएका भरतपुर, सुर्खेत र धनगढीमा उडान थपेर प्रतिस्पर्धी बनाइरहेको छ।
Comments
अरु समाचार
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
काठमाडौं । गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९...
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ...
-
नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा
काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल...
-
प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ, जसमा प्रमुख एजेन्डा संक्रमणकालीन न्याय हुने बताइएको छ। राजसंस्था...
-
पूर्वराजा ज्ञानेन्द्र शाह पक्राउ पर्न लागेका हुन् ?
काठमाडाैं । राजगद्दीका लागि मरिहत्ते गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले चालिरहेको कदम सफल हुने कुनै छाँट देखिएको छैन् । अहिले पूर्वराजा...
-
निजी वकिललाई सरकारी कार्यालयमा निषेध गर्ने रमन अहिले फकाउँदै
काठमाडाैं । भनिन्छ नि मानिसले आफ्नो कर्मको फल आफैँले बेहोर्नुपर्छ । त्यस्तै हुँदै छ, देशभरका वकिलहरूको साझा संस्था नेपाल बार...
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...
-
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको...
-
सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने भएका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा...