प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिन प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका आफ्नो दलका सांसदलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री दाहालले यही असार २८ गते बिहान ११ बजे प्रारम्भ हुने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको हो।पार्टीका प्रमुख सचेतक रमेश लेखकले उक्त निर्देशन जारी गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् । उनलाई समर्थन गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।
संसद्को सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो एमालेले यही असार १७ गते आलोपालो सरकारको नेतृत्व लिनेगरी नयाँ सरकार गठनको सहमति गरेका छन् ।
Comments
अरु समाचार
-
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक
काठमाडौँ, : शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली...
-
सरकारको सय दिन :‘नीतिगत सुधार र श्रम कूटनीति विस्तारमा श्रम मन्त्रालयको फड्को’
काठमाडौँ,: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नीतिगत र कानुनी सुधार, आन्तरिक रोजगारी प्रवद्र्धन, वैदेशिक रोजगार व्यवस्थापन तथा सुशासन प्रवद्र्धन...
-
आजको राशिफलः २०८१ साल कार्तिक १० गते शनिवार
मेष: समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ। नयाँ योजना...
-
अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण नरोकिने
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने जानकारी दिएका छन्...
-
परम्परागत पेसाः नाङ्लो बेचेर गुजारा गर्दै सदाय समुदाय
लहान (सिरहा): गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला उल्लास छाएको छ । छठपर्व नजिकिएसँगै बाँसको नाङ्लो बनाउन...
-
रित्तो थाल बोकेर पोखराका सडकमा सहकारी पीडितको सङ्घर्ष जारी
काठमाडौं । दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत...
-
आज सत्तारुढ दलको बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री सचिवालयका अनुसार दिउँसो ३ बजे...
-
भारतमा चक्रवाती आँधी, ३०० उडान र ५५० भन्दा बढी रेल सेवा रद्द
काठमाडौं । भारतमा चक्रवाती आँधी ‘दाना’ को असर देखिन थालेको छ । यस अघि बिहीबार पश्चिम बंगाल र ओडिशा राज्यमा...
-
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध
वासिङ्टन डिसी (अमेरिका): उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल...