आँप टिपेको निहुँमा रौतहटमा एक युवकको हत्या, दुईजना पक्राउ
काठमाडौं । आँप टिपेको निहुँमा रौतहटमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका–१ बौधा पतौरा घर भइ हाल इशनाथ नगरपालिका–३ बस्ने १८ वर्षीय दशही साह र सोही ठाउँका १९ वर्षीय रोशन साह रहेका छन् ।
उनीहरुले २५ असारको राति ८ बजेतिर रौतहटको इशनाथ नगरपालिका–९ बस्ने १७ वर्षीय सहवाज मियाँको हत्या गरेको प्रहरीले जनाएको छ । इशनाथ नगरपालिकाको कार्यालय अगाडि रहेको आँपको बगैचामा मंगलबार राति उनीहरूले सहवाजलाई रड तथा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
मृतकको भाईले आँप बगैचामा आँप टिपेको विषयमा दशहीले कुटपिट गरेको देखेपछि सहवाजले दशहीलाई झापड हानेका थिए । त्यही रिसइबीमा दशही र रोशन मिलेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
Comments
अरु समाचार
-
मरेको खसीको मासु बेच्ने दुईजना प्रहरी ‘पञ्जामा’
काठमाडौं । पोखरामा मरेको खसी काटेर बचेको आरोपमा ५४ किलो मरेको खसिको मासु सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ...
-
जाजरकोटमा कैदीले कारागार भित्रै आत्महत्या !
काठमाडौं । जाजरकोट कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । भेरी नगरपालिका–१० का २५ वर्षीय दीपक बुढाले आइतबार कारागारको शौचालयमा...
-
आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ नेताविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा तोडफोड गरेको अभियोगमा नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको...
-
महानिर्देशक दाहालको इन्ट्रिपछि विभागको कार्यशैलीमा व्यापक सुधार, के हुँदैछ ?
काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले पुरानो छवीलाई सुधार्दै नयाँ अध्याय शुरु गरेको छ । विभागको महानिर्देशकमा सुमन दाहाल आएपछि उनले...
-
एमालेको धनुषा अधिवेशनमा नेताहरु भिड्दा पाँचजना घाइते
काठमाडौं । नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षीय नेताहरु भिड्दा दुई नेतासहित पाँचजना घाइते भएका छन्...
-
बालाजुमा एटिएम तोडफोड गर्दै गर्दा नुवाकोटका युवा पक्राउ
काठमाडौं । काठमाडौंको बालाजुमा रहेको कुमारी बैंकको एटिएम तोडफोड गर्दै गरेका एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको छ । मध्यराति...
-
श्रीमतीको हत्या गर्न पैसा दिएको व्यक्ति आफै मारिए पछि !
काठमाडौं । धादिङमा श्रीमती हत्याका लागि ‘सुपारी’ दिएका व्यक्तिकै हत्या भएको छ । जिल्लाको गजुरी गाउँपालिका–२ डुडेठाँटीमा ६० वर्षीय चुडामणि...
-
उडिसा छात्रा मृत्युः सरकारले थाल्यो कुटनीतिक पहल
काठमाडौं । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको निधनको बारेमा सरकारले अनुसन्धानका लागि...
-
धरानमा हराएको बस बिराटनगरमा भेटियो
काठमाडौं । सुनसरी जिल्लाको धरानबाट चोरी भएको यात्रुबहाक बस विराटनगरमा फेला परेको छ । गत बैसाख १२ गते शुक्रबार बिहान...