ताजा समाचार

एटिएम फोड्नेक्रममा दुई जना पक्राउ

काठमाडौं । बुढानिलकण्ठस्थित माछापुच्छ्रे बैंकको एटिएम फोड्नेक्रममा दुई जना पक्राउ परेका छन् ।

वडा नम्बर ३ रुद्रेश्वर चोक स्थित सडकको किनारमा रहेको बैंकको एटिएम तोडफोड गर्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

स्थानीयले बुधबार बिहान ३ः१० बजे स्थानीयले एटिएम तोडफोड हुँदै गरेको जानकारी दिएपछि प्रहरी वृत्त महाराजगञ्जको टोलीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

पक्राउ परेका नुवाकोट ३४ वर्षीय श्यामबहादुर घले र १९ वर्षका सुजन तामाङ रहेका छन् । उनीहरूबाट एटिएम फोड्न प्रयोग हुने विशेष प्रकारको फलामको रड बरामद गरिएको छ । उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org