ताजा समाचार

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन जसपाको ह्विप

काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ। पार्टी अध्यक्ष असोक राईका अनुसार सबै सांसदलाई विपक्षमा मत नहाल्न ह्विप जारी गरिएको हो ।

जसपाले एमाले-कांग्रेसको सरकारलाई समर्थन गरेको छ । यसअघि नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेको छ ।

प्रधानमन्त्री प्रचण्डले भोलि २८ गते विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका उनले राजीनामा नदिई विश्वासको मत लिने निर्णय गरेका हुन् ।
उनी पुस १०, ०७९ मा प्रधानमन्त्री भएका थिए । अहिलेसम्म उनले चार पटक विश्वासको मत लिइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org