नेप्से ५४ अंकले बढ्यो, १२ अर्ब बढी कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार पनि उछाल आएको छ । आज एकै दिन ५४ अंकले नेप्से बढेसँगै नेप्सेमा उछाल आएको हो । नेप्से बढेसँगै कारोबारमा पनि उछाल आएको छ । आज एकै दिन १२ अर्ब बढीको कारोबार भएको छ ।
आज नेप्से २.३३ प्रतिशतले बढेर २३६४.६३ विन्दुमा पुगेको छ । बुधबार कारोबार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ । आज ३०६ वटा कम्पनीको शेयर कारोबार हुँदा २०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज नेप्सेमा र कारोबारमा उछाल आउँदा निर्जीवन बीमा उछाल आएको छ । आज एकै दिन निर्जीवन बीमा समूह ३८२.४१ अंकले बढेर ११ हजार ८००.४४ विन्दुमा पुगेको छ ।
त्यस्तै, होटल एण्ड टुरिजम ३२०.२७ अंकले बढेर ६०८१.९० विन्दुमा, जीवन बीमा २४२.२६ अंकले बढेर ११ हजार ३२८.७१ विन्दुमा, उत्पादन समूह २०७.०१ अंकले बढेर ७०८५.९५ विन्दुमा र ट्रेडिङ समूह २२९.०७ अंकले बढेर ३३६५.७१ बिन्दुमा पुगेको छ ।
आज १३ वटा समूहमध्ये सबै समूहमा उछाल आएको छ । आज बढेका समूहमध्ये म्युचअल फण्ड समूह सबैभन्दा कम बढेको छ भने अन्य सबै समूह १ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । आज ६ वटा कम्पनीको शेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । ४ कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












