ताजा समाचार

सुनको मूल्य २,०००ले घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज भने एक लाख ४७ हजार पाँच सय रूपैयाँ निर्धारण भएको छ ।

बिहीबार प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने एक लाख ४६ हजार आठ सय रूपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० रूपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ३० रूपैयाँ निर्धारण गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org