प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा पक्षमा मतदान गर्न नेकपा एमालेले सांसदहरूलाई ह्वीप जारी गरेको छ। प्रतिनिधिसभामा रहेका आफ्ना सबै सांसदहरूलाई पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
प्रतिनिधिसभामा एमालेका ७९ सांसद छन्। जसमध्ये देवराज घिमिरे सभामुख छन्, उनलाई दलीय ह्वीप लाग्दैन। भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझी निलम्बनमा छन्। यसर्थ एमालेसँग प्रतिनिधिसभामा मतदानयोग्य ७७ मत छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत पाउन १३८ मत आवश्यक पर्छ। एमाललेलाई ८८ मत रहेको नेपाली कांग्रेसले मतदान गर्दा सहजै बहुमत जुट्ने अवस्था छ।
यसबाहेक ओली सरकारलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि सरकारमा रहेकाले विश्वासको मत दिनेछन्। यस्तै जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिनसक्ने सम्भावना छ।
उता ३२ सिटको नेकपा माओवादी केन्द्र, २१ सिटको राष्ट्रिय स्वतन्त्र पार्टी र १० सिटको नेकपा एकीकृत समाजवादीले विपक्षमा मत दिने तयारी थालेका छन्।असार १७ गते कांग्रेसको सहमति पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकारलाई ढलाएर ओली यही आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको एक हप्तापछि नै विश्वासको मत लिन लागेका हुन्।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












