१०० अंकको करेक्सनसहित ३५ अंकले बढ्यो नेप्से, कारोबार १७ अर्ब बढी
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०० अंकको करेक्सनसहित ३५ अंकले बढेको छ । सोमबारको तुलनामा कारोबार २ अर्ब रुपैयाँले घटे पनि बजार भने बढेको हो । नेप्सेका १३ वटामध्ये ४ बाहेक सबै समूहमा हरियाली छायो । तर वाणिज्य बैंकि समूह, म्युचअल फण्ड, निर्जीवन बीमा र ट्रेडिङ समूह भने राताम्य भयो ।
प्रि-ओपन सेसनमा ८ अंकले बढेर सुरु भएको नेप्से बजार खुलेको केही मिनेटमै घटेको थियो । १२ बजेर १४ मिनेटसम्म नेप्से बढ्ने र घट्ने क्रम जारी रहँदा त्यसपछि भने निरन्तर १२ः४० सम्म घट्यो । १२ः४० बाट नेप्से पुनः बुल ट्रेन्ड समातेर उकालो लाग्यो । नेप्से उकालो लाग्दा २ः२३ मिनेटमा भने २७ सयको बिन्दु समेत पार गर्यो । एकै दिन नेप्सेमा १०० अंकको करेन्सन भएर बजार पुनः बढ्यो ।
मंगलबार उच्चतम् २७०९ बिन्दुमा पुगेको नेप्से बजार बन्द हुने बेला पुनः करेक्सन भएर २६९६.६५ बिन्दुमा कायम भयो । बजार बन्द हुँदा नेप्से ३५.५५ अंकले वृद्धि भयो । नेप्से १.३३ प्रतिशतले बढ्दा आज १८९ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । मंगलबार एकै दिन १७ अर्ब २६ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर २ लाख ६ हजार ६४३ पटक किनबेच भयो ।
आज ३२९ कम्पनीको शेयर किनबेच हुँदा ४७ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो । ११ वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो । थप ५ कम्पनीको शेयर मूल्य ८ प्रतिशतले वृद्धि भयो । आज एउटामात्रै कम्पनी (एसियन हाइड्रोपावर लिमिटेड)को शेयरमा नकारात्मक सर्किट लाग्यो ।
Comments
अरु समाचार
-
काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड(पूर्णपाठ सहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट...
-
आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती
काठमाडौं । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती, देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
यस्तो छ शनिबारका लागि सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
-
६२ हजार ५५५ जनाले चढे धरहरा, पाँच करोड राजश्व संकलन
काठमाडौं । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतहासिक धरहराबाट रु. चार करोड ८३ लाखभन्दा...
-
आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने
काठमाडौं । नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका कारण ठूलो क्षति हुन थालेकाले चीनसँगको सूचना सङ्कलन तथा विपद्बाट...
-
धरहराबाट करोडौं राजस्व, सार्वजनिक बिदामा पनि खुल्ने
काठमाडौँ । पुनर्निर्माणपछि खुला गरिएको धरहरा अब दैनिक दुई चरण (सिफ्ट) मा खुला गरिने भएको छ । साउन १ गतेदेखि दुई...
-
मुस्ताङमा लेदोसहितको बाढीले छवटा पुलमा क्षति
मुस्ताङ। उपल्लो मुस्ताङमा लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ...