ताजा समाचार

कास्कीको मर्दी हिमाल क्षेत्रमा मान्छेको नलीहाड, ट्रयाक र मोबाइल फेला

काठमाडौं । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रख्यात मर्दी हिमाल आधार शिविर (बेस क्याम्प) क्षेत्रमा मानव अवशेष फेला परेको छ ।

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटिएको बारेमा शनिबार जानकारी गराएको बताए । ‘स्थानीयले अवशेष देखेर खबर गर्नुभएको छ । भौगोलिक रूपमा अत्यन्त विकट भएकाले कसरी ल्याउने भन्नेबारेमा प्रहरी प्रशासन र गाउँपालिकासँग छलफल गरी राखेका छौँ’ वडाध्यक्ष क्षेत्रीले भने । अवशेषसँगै एउटा ट्रयाक र एक आइफोन समेत भेटिएको उनले बताए ।

भेटिएको अवशेष गत पुस १३ गते मर्दी पदयात्राका क्रममा हाइक्याम्पबाट हराएका स्वीडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग हुनसक्ने आशङ्का गरिएको छ । पदमार्गको हाइ क्याम्पबाट मर्दी आधार शिविरतर्फ जानेक्रममा हराएका मिचलको त्यसबेला खोजी गरिए पनि फेला पर्न सकेका थिएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org