ताजा समाचार

स्कुल बसको ठक्करबाट मोरङमा साइकल यात्रीको मृत्यु

काठमाडौं । स्कुल बसको ठक्करबाट मोरङको रंगेलीमा साइकल यात्रीको मृत्यु भएको छ । आइतबार बिहान विद्यार्थी लिनका लागि विराटनगरबाट जाँदै गरेको अरनिको स्कुलको गाडीले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागञ्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो ।

तीब्र गतिमा रहेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा आइतबार बिहान ९ः४५ बजेतिर ठाकुर सवार साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org