ताजा समाचार

सत्ता गठबन्धनलाई बलियो बनाएर अगाडी बढाउने विषयमा काँग्रेस पदाधिकारी बैठकमा छलफल

काठमाडौं । नेपाली काँग्रेस पदाधिकारीहरूको बैठकले यही साउन २३ गते बस्ने केन्द्रिय कार्य समितिको बैठकका लागि एजेन्डाका बारेमा छलफल भएको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकमा देशको परिस्थितिलाई मध्यनजर गर्दै सत्ता गठबन्धनलाई बलियो बनाएर अगाडी बढाउने विषयमा छलफल भएको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।

यसैगरी बैठकमा विदेशस्थित सम्पर्क समितिहरूलाई व्यवस्थित गर्ने, विभाग र निर्देशन समिति बनाउने विषयमा पनि छलफल भएको सहमहामन्त्री यादवले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org