पहिरोमा पुरिएर गुल्मीमा ४ र बागलुङमा १ जनाको ज्यान गयो
काठमाडौं । पहिरोमा पुरिएर गुल्मीमा ४ र बागलुङमा १ जनाको ज्यान गएको छ ।
अविरल वर्षाका कारण जिल्लाको बडिगाड गाउँपालिका–९ नयाँबस्ती बलघासमा पहिरोले पुर्दा १५ वर्षीय विधान परियारको मृत्यु भएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिएका हुन् ।
घर जोगाउनका लागि भल पन्छाउने क्रममा पहिरो खसेर परियारलाई पुरेको सुवेदीको भनाइ छ। परियारको शव निकालेर पोष्टमार्टमका लागि बुर्तिवाङ स्वास्थ्य केन्द्रमा पठाइएको छ । वर्षाका कारण बडिगाडकै वडा नम्बर–१० दर्लिङमा पहिरोका कारण एक घर पुरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्राङ्ग बरालले जानकारी दिए।
गुल्मीमा पर्ने मुसिकोट नगरपालिका वडा न–१ बिसौना कटौजेमा पहिरोले २ घर बगाउँदा ४ जनाको मृत्यु भएको मुसिकोट नगरपालिकाका उपमेयर गंगा श्रेष्ठले जानकारी दिएका छन् । मृत्यु हुनेमा वर्ष ४६ का गोरे विक, वर्ष ६७ का हुकुम बहादुर विक, वर्ष ६६ को मसुरी विक र साढे २ वर्षको रियान्सी विकको मृत्यु भएको उपमेयर श्रेष्ठले जानकारी दिए। २ जनाको घाइते अवस्थामा उद्धार गरिएको र थप उद्धार कार्य कार्य जारी रहेको प्रहरी चौकी पौंदि अमराईले जनाएको छ । निरन्तर पानी परिरहेको र भौगोलिक रुपमा कठिनाइ भएकोले उद्धारमा समस्या भएको बताएका छन् ।
Comments
अरु समाचार
-
प्रधानमन्त्रीको अध्यक्षतामा शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न भएको छ । बुधवार सिंहदरबारमा सम्पन्न बैठकमा...
-
ट्रम्पलाई इरानको ठाडो चुनौति, अमेरिकाले अब के गर्छ ?
काठमाडाैं । मध्यपूर्वको तनाव थप बढ्ने देखिएको छ । इरान–इजरायल युद्ध थप उग्र बन्दै गएपछि अवस्था खराब हुने संकेत देखिएको...
-
सर्वोच्चले गर्यो दीपक मनाङेको सांसद पद खारेज
काठमाडौं । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव गुरुङ 'दिपक मनाङ्गे'को सांसद पद खारेज भएको छ । सर्वोच्च अदालतले मनाङ्गेको सांसद...
-
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच वालुवाटारमा भेटवार्ता
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीसंग डेढ घण्टा लामो छलफल गरेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्वराष्ट्रपति...
-
विभिन्न जिल्लाका प्रजिअसहित २१ कर्मचारीको सरूवा
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयानुसार राजपत्राङ्कित प्रथम र...
-
इरानी नेता खोमिनीलाई आत्मसमर्पण गर्न ट्रम्पले दिए सुझाव
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई आत्मसमर्पण गर्न सुझाव दिनुभएको छ । ट्रम्पले तत्कालका लागि...
-
किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले...
-
टी-२० क्रिकेट: स्कटल्यान्डमाथि नेपालको दुई विकेटको जित
काठमाडौं । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ ।गएराति भएकोे खेलमा...
-
रविन्द्र मिश्रलाई धरौटीमा छोड्न अदालतको आदेश
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा छुट्ने भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई...