ताजा समाचार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप दोरम्बा शैलुङ गाउँपालिका- ३ बस्ने १९ वर्षीय रूजन श्रेष्ठ रहेका छन् ।

रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ घर भएका ४१ वर्षीय गणेश पाठक सोही गाउँपालिका-३ स्थित सल्यानी भीरमा २०८० असार २० गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा वारदात पश्चात् फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-८ दार्जिलिङ हाईटबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org