ताजा समाचार

सुन्दरीजल घुम्न गएका युवाको घट्टे खोलामा खसेर मृत्यु

काठमाडौं। गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीजल घुम्न गएका एक युवा मृत भेटिएका छन् ।

मृत फेला पर्नेमा महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल छन् । उनी शुक्रबार मृत अवस्थामा भेटिएका हुन् । सुन्दरीजल घुम्न गएको बेला बिहीबार साँझ घट्टेखोलामा खसेर उनी बेपत्ता भएका थिए ।

पौडेल वेपत्ता भएको भन्ने खबर आएपछि प्रहरी वृत्त बौद्धको घटनास्थल पुगेर खोजीमा जुटेको थियो । सो क्रममा शुक्रबार उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org