रौतहटमा बाढीपहिरो लगायत विपद्मा परी ३८ जनाको मृत्यु
काठमाडौं । रौतहटस्थित विपद्को घटनामा परेर १ वर्षमा ३८ जना मानिसको मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन् । बाढीपहिरोमा परी ५० बढी घाइते भएका छन् ।
गत आर्थिक वर्ष २०८०र०८१ मा विपद्जन्य घटनामा परेर ३८ जनाले ज्यान गुमाउनुका साथै करोडौंको क्षति भएको हो । एक वर्षमा सब भन्दा बढी मानिसको पोखरीमा डुबेर मृत्यु भएको हो । पोखरीमा डुबेको ३७ वटा घटनामा महिला, पुरुष बालबालिका गरी २२ जनाको मृत्यु र ८ जना घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन् ।
त्यस्तै २१९ वटा आगलागीको घटनामा परेर ४ जना मानिसको मृत्यु हुनुका साथै १८ जना मानिस घाइते भएका थिए । आगलागीमा परेर सोही अवधिमा ८७ चौपायाको मृत्यु र २२ चौपाया घाइते भएका थिए। आगलागी बाट १४ पक्की घर,९१ कच्ची घर,११ सार्वजनिक घर,१० गोठ र घरभित्र रहेको अन्नपात, लत्ताकपडा तथा घर गरी कुल १४ करोड,४१ लाख,१२ हजार,२३२ रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङकमा उल्लेख गरिएको छ।
त्यसैगरी अविरल वर्षा सँगै १४ वटा विभिन्न नदी खोलामा आएको बाढीमा परी २ जनाको मृत्यु १ बेपत्ता,३३ घरमा प्रभाव गरी कुल १० लाख २५ हजार बराबरको क्षति भएको थियो। गत आर्थिक वर्षमा ३५ वटा करेन्ट लागेको घटनामा परेर ४ जनाको मृत्यु हुनुका साथै २१ जना मानिस घाइते भएका थिए।
सोही अवधिमा घर पालुवा तथा जंगली जनावरको ९ वटा आक्रमणको घटनामा परेर २ जना मानिसको मृत्यु र १४ जना घाइते भएको तथ्यांकमा उल्लेख गरिएको छ। त्यस्तै ३ वटा चट्याङको घटनामा २ जनाको मृत्यु १ घाइते र सर्प दंश बाट २ जनाको मृत्यु भएको थियो। गत आर्थिक वर्षमा कुल ३२५ वटा भएको बिपद्जन्य घटनाबाट १२ करोड ५७ लाख,८९ हजार,७३२ बराबरको क्षति,२ हजार ७२ परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।
उक्त घटनामा राहत तथा उद्धारको लागि ३ हजार २१० प्रहरी जनशक्ति परिचालन गरिएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ। गत आर्थिक वर्षमा जिल्ला बिपद् व्यवस्थापन समिति एवं जिल्ला प्रशासन कार्यालयबाट ४ जना मृतकको परिवार लगायतका गरी कुल ३० लाख रुपैयाँ राहत स्वरुप वितरण गरिएको सिडिओ हिरालाल रेग्मीले जानकारी दिएका छन्।
Comments
अरु समाचार
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
काठमाडौं । गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९...
-
चन्द्रागिरीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागाढुङ्गा ढलानस्थित सडकमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख...
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ...
-
इजरायली आक्रमणमा गाजामा १० प्यालेस्टिनीको मृत्यु
काठमाडौं । गाजा पट्टीका विभिन्न ठाउँमा सोमबार भएको इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।...
-
लहानमा २ करोड २९ लाखको आधुनिक तरकारी बजार बन्ने
काठमाडौं । लहान नगरपालिकाले कृषि उत्पादनको व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिँदै यहाँको नयाँबजारस्थित खुट्टीखोला किनारामा आधुनिक तरकारी बजार बनाइने भएको छ...
-
दक्षिण कोरियाको संवैधानिक अदालतद्वारा प्रधानमन्त्रीलाई महा अभियोग लगाउन अस्वीकार
काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले हान डक–सूलाई महाभियोग लगाउन संसदले पेश गरेको प्रश्तावलाई सोमवार दक्षिण कोरियाको संवैधानिक अदालतले अस्वीकार...
-
आइपीएलमा आजः दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्ने
काठमाडौं । विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आई.पी.एल.) क्रिकेटको १८औं संस्करण आज एक खेल हुँदैछ...
-
घ्याम्पेसालदेखि ताकुकोट जाने सडकखण्ड चार दिन बन्द
काठमाडौं । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ को बहाकोटदेखि वडा ७ को वडा कार्यालय पाँचखुवा देउरालीसम्मको मुख्य सडक चार दिनको लागि...
-
अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा अवतरण
काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् ।...