नेताहरू ‘राजा महाराजा’जस्ता हुनुहुँदैन, प्रचण्डले नेतृत्व छाड्नुपर्छ : जनार्दन शर्मा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डकै कारण पार्टी कमजोर भएको भन्दै नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गर्नुभएको छ । काठमाण्डौमा चलिरहेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा उपमहासचिव शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै प्रचण्डले पार्टीलाई सही ढङ्गले चलाउन नसकेको आरोप लगाउनुभएको छ ।
जनार्दन शर्माले अध्यक्ष प्रचण्डको अहिलेसम्मको योगदानलाई स्थापित गर्न वैचारिक काम, सत्ताको नेतृत्व प्रचण्डले नै गर्ने र सङ्गठनको नेतृत्व उहाँले चाहेको व्यक्ति वा पुस्ता हस्तान्तरण गरेर युवालाई दिन माग गर्नुभएको छ । अहिलेको केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाएर महाधिवेशनबाटै प्रत्यक्ष चुनावमार्फत नयाँ नेतृत्व चयन गर्न पनि शर्माको माग छ । उहाँले पार्टी र नेतृत्वप्रति विश्वास गरेर जनयुद्ध तथा जनआन्दोलनमा लागेको वर्ग, समुदाय अहिले माओवादीबाट टाढिँदै गएको भन्दै विभिन्न सुझाव दिनुभएको छ ।
कूटनीति, स्वास्थ्य, सार्वजनिक शिक्षा, औद्योगिकीकरण, श्रम संस्कृति लगायतका पार्टीले लिएका कैयौं नीति र कार्यक्रम अलपत्र परेको भन्दै जनार्दन शर्माले यसको जवाफ अध्यक्ष प्रचण्डसँग माग्नुभएको छ । नागरिकका एजेन्डा छाड्दै गएकाले अहिले माओवादी योजना र सङ्गठनविहीन बन्न पुगेको भन्दै शर्माले २०६४ सालको संविधानसभा चुनावमा पाएको ३१ लाख जनमत अहिले घटेर ११ लाखमा झरेको उल्लेख गर्नुभयो । पार्टी नेतृत्वकै कमजोरीले गर्दा माओवादी शून्यमा झर्न लागेको र पार्टीमा भएकाहरू पनि असन्तुष्टि बोकेर बाँचिरहेको उहाँले बताउनुभएको छ ।
माओवादीका नेताहरूको राजा महाराजाको जस्तो जीवनशैली नागरिकले मन नपराएको उहाँको प्रस्तावमा उल्लेख छ । अरू पार्टी र माओवादीबीचको फरक के हो त भनेर सोध्दा जवाफ दिने ठाउँ नरहेको जनार्दन शर्माको विचार छ । पार्टीलाई सुधार गर्न सुझाव दिँदा र फरक मत राख्दा पार्टी फुटाउँदैछन् भन्ने हल्ला चलाएर आफ्नो अभियानलाई बदनाम बनाउन खोजिएको भन्दै उहाँले आफूलाई तह लगाउन राज्य शक्तिको समेत दुरुपयोग भएको आरोप लगाउनुभएको छ ।
पार्टी सञ्चालनको मूल्य मान्यता तोडेको, विधि विधान र प्रणालीको धज्जी उडाइएको भन्दै जनार्दन शर्माले सामूहिक नेतृत्वको कम्युनिस्ट अवधारणालाई हटाएर एकलौटी नेतृत्वको अभ्यास भएको भन्दै असन्तुष्टि पोख्नुभएको छ । अब गाउँगाउँमा गएर माओवादीले गरेका राम्रा कामको प्रचार गर्ने, पार्टीमा भएको विभेद हटाउने, कृषि उत्पादन र औद्योगिकीकरण बढाउने, निःशुल्क स्वास्थ्य र शिक्षाको नारालाई जोडतोडले उठाउने, पार्टीले जितेका पालिकामा उत्पादन र रोजगारी बढाउने, गरिबी हटाउने लगायतका नमूना काम गर्ने शर्माको सुझाव छ । उहाँले संसदमा सशक्त प्रतिपक्षको भूमिका खेलेर २०८४ सालसम्म सरकारमा नजाने, माओवादीका सबै नेताहरूको सम्पत्तिको यथार्थ विवरण सार्वजनिक गर्न माग गर्नुभएको छ ।
Comments
अरु समाचार
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
आजदेखि सोह्र श्राद्धको विधिवत् आरम्भ गरिँदै
काठमाडौँ, २ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।...
-
देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ, २ असोजः देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
आजको राशिफल: २०८१ साल असोज २ गते बुधवार
मेषः चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...