ताजा समाचार

भारतीय विदेश सचिवसँग प्रधानमन्त्रीको भेट

काठमाडौं । भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा आइतबार दिउँसो ओली र मिश्रीबीच शिष्टाचार भेट भएको हो ।

आइतबार बिहान काठमाडौं आइपुगेका विदेश सचिव मिश्रीले प्रधानमन्त्रीसँग ग्यालरी बैठकमा भेट गरेका हुन् । नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

नेपाल भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org