विवेकका पाना पल्टाउन नसक्नेबाट न्यायको अपेक्षा गर्न सकिन्न : वरिष्ठ अधिवक्ता उप्रेती
काठमाडौं । वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले सर्वोच्च अदालतका न्यायाधीशहरुको क्षमता, योग्यता र अनुभवको कमीका कारण सही फैसला हुन नसकेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार स्टाटस लेख्दै अधिवक्ता उप्रेतीले कुनै पनि मुद्धा राम्रोसँग बुझ्दै नबुझी सुरु सदर गर्ने गरेको उल्लेख गरेका छन् ।
वरिष्ठ अधिवक्ता उप्रेती सामाजिक सञ्जालमा लेख्छन्, ‘न्यायाधीशको क्षमता योग्यता र अनुभवको कमी भएपछि मुद्दाको फैसला उल्टाउनुभन्दा सदर गर्न, रिट जारी गर्नु भन्दा खारेज गर्न, फौजदारी मुद्दामा सफाइ दिनुभन्दा ठहर गर्न सजिलो हुँदोरहेछ । उनले विवेकका पाना पल्टाउन नसक्नेबाट न्यायको अपेक्षा गर्न नसकिने पनि जनाएका छन् ।’
वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीकाे फेसबुक स्टाटस जस्ताको जस्तै :
‘न्यायाधीशको क्षमता योग्यता र अनुभवको कमी भएपछि मुद्दाको फैसला उल्टाउनु भन्दा सदर गर्न, रिट जारी गर्नु भन्दा खारेज गर्न, फौजदारी मुद्दामा सफाइ दिनुभन्दा ठहर गर्न सजिलो हुँदो रहेछ । मानिस भित्रको विवेक खोज्न शरीर पुरै चिरफार गर्दा पनि विवेक फेला नपरे जस्तै मिसिलका पाना पल्टाउँदा न्याय भेटिन्न । विवेकका पाना पल्टाउन नसक्नेबाट न्यायको अपेक्षा गर्न सकिदैनँ । यी दुरूह दिनहरूको अन्त्य चाँडै होला जस्तो पनि लाग्दैन ।’
वरिष्ठ अधिवक्ता उप्रेतीले स्टाटस लेखेपछि धेरैले कमेन्ट गरेका छन् । केही फेसबुक प्रयोगकर्ताको कमेन्ट यस्ताे छ:
प्रेमप्रसाद सञ्जेलः मुद्दा छिन्दा यदि म सँग क्षमता छैन भने मेरो आफ्नो विवेकको निर्णय हुने कुरै भएन । अतः म कि अरुको नक्कल गर्छु कि कमाउने बाटोमा लाग्छु । कमाउने बाटोमा जाँदा घुसदाताको कुरो डिक्टेसन लिएर पुनर्लेखन गरे पुग्छ । घुस नखाई र कसैको प्रभावमा नपरी न्याय पर्ने गरी फैसला गर्नु र प्रसूती हुनु बराबर हो । मैले श्रममा हुँदा श्रम अदालतले पुन दोहोर्याई फैसला गर्नु भनेको मुद्दा हुलाकबाट प्राप्त भएकै दिन फैसला गर्ने अठोट गरेर मिसिल हेर्दा सोहि राति २.३७ बजे फैसला गरेँ । कम्पुटर अपरेटरको ठाउँमा इन्जिनियर पास भएका भाइले जागिर खादै थिए । उनी हाल इन्जिनियरमा मास्टर गरि अस्ट्रेलियामा छन् । उनले टाइप गर्दा मिति हिजोको राखौं कि भोलिको राखौं भन्दा हिजो राख भने र उही दिन फैसला गरेँ । मलाई याद छ । घुस नखाई न्याय गर्न कति गाह्रो छ ।
मोहनकृष्ण खनाल : यो गहन विषय हो । न्यायाधीश हँदैमा न्यायिक मन हुन्छ भन्न सकिदैन । न्यायाधीश नभएको व्यक्तिको पनि न्यायिक मन हुन्छ । ऐले चलेको समयमा न्यायिक मन भएका व्यक्ति पाउन अति नै गाह्रो छ त्यसमा पनि फौजदारी मुद्दाको हालत त अकल्पनिय छ । देवानी मुद्दा वुझ्ने न्यायाधीश पनि धेरै कम छन् भन्ने यही मुहार पुस्तिकामा हालसालै पढेको थिएँ । हो नैं ।
अनारसिंह कार्की : न्यायाधीशमा कार्यकर्ता भर्ती गर्दा वकिलहरुले बहिष्कार गर्न सकेको भए केहि हुने थियो कि त्यतिबेला त आफ्नै पक्षको न्यायाधीश भनेर बधाई दिन हतार गरेपछि अहिले न्याय होइन फैसलामै चित्त बुझाउनु राम्रो ।
सिताराम तिवारीः राजनैतिक दलको फेरो समातेर र क्षमताभन्दा पनि आफ्ना मानिसलाई न्यायालयमा हुलेपछि कहॉबाट न्याय पाईएला ?मुद्दा फर्छ्यौट भए पुगी हाल्यो नि किन न्याय पर्नू पर्यो ? कॉडेदार बबूल रोपेर मलजल जती हाले पनि त्यस बोटबाट मिठो फलको आश राख्नू हॉम्रो नै समझको फेरि हो । तर यस्तो टिप्पणी नियुक्त भएका सबैमा समानरूपमा लागु हुदैन है । किनभने योग्यता र क्षमता भएका पनि छन्, तिनका हकमा अन्याय हुनजान्छ जसले गर्दा ती योग्य र ईमान्दारप्रति कसैको मन पनि धमिलो नहोस् ।
छवि ढकालः अहिलेका न्यायाधीशले तथ्य र प्रमाणलाई बङ्ग्याएर जे मन लाग्यो त्यहि फैसला गर्छन् । यिनीहरु अघोषित कसाई नै हुन अनि अदालतको फैसला मान्नु पर्ने रे ।
ध्रुव श्रेष्ठः न्यायाधीशलाई मुद्दामा फैसला गर्ने क्रममा वहसपैरवी गर्दा वकीलले कानूनले जे भन्छ सोही अनुसार न्याय गरिनु पर्छ भनेर स्पष्ट भन्ने हो । उसले गर्ने फैसलामा अवरोध गरियो भने त्यो गलत हुन्छ चाहे फैसला गलतै किन नहोस् । तर फैसला भै सकेपछि गलत छ भने यो वा त्यो प्रमाणिक र सैद्धान्तिक आधारमा फैसला गलत छ भनेर विरोध गर्न वकिललाई वा न्यायकर्मीलाई कानून शास्त्रले छुट दिन्छ । हामीकहाँ यसो गरिदैनँ । अमुक अभिव्यक्ति आउनुभन्दा यो मुद्दामा यो न्यायधीशवाट यस्तो फैसला भएको छ मात्र हैन, यसलाई संवद्ध सवैले (बार) छलफलको विषय वनाउनु पर्यो भन्न सकिन्छ । हाम्रो बार होटेलको बार जस्तो पनि छैन त्यो अर्कै पक्ष हो !! फैसला सार्वजनिक भए पो न्यायाधीशलाई लाज हुन्छ ? त्यसो नगरी न्याय नभेटिएको कुरा मात्र गर्दा लेख्ने पढ्नेको समय मात्र वर्वाद हुने हो, यस्को परिणाम शून्य हुन्छ ।
म व्यक्तिगत रुपमा गलत फैसलाका विरुद्ध न्यायपरिषको क्षेत्राधिकार भित्रको न्यायाधीश हो भने परिषदमा उजुरी नै हाल्नु नहाले अरु वकील खोज्नु भन्छु । सर्वोच्चकै न्यायाधीशवाट गलत फैसला भएको हो भने गलत छ भनेर यो न्यायाधीशवाट गलत फैसला भएको छ भनेर वोल्छु, सार्वजनिक गर्छु । फैसलामा अवरोध हैन, विरोध गर्न पाईन्छ तर हामीकहाँ यसो गरिदैनँ त्यसैले न्यायालय र बार सबै “राम तेरी गंगा मैलि” भएको हो ।
Comments
अरु समाचार
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
आजदेखि सोह्र श्राद्धको विधिवत् आरम्भ गरिँदै
काठमाडौँ, २ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।...
-
देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ, २ असोजः देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
आजको राशिफल: २०८१ साल असोज २ गते बुधवार
मेषः चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...