ताजा समाचार

प्रधानमन्त्री ओलीले भने- नौ वर्षसम्म पनि २२ अर्ब रुपैयाँको विद्युत बक्यौता किन उठाइएन ?

बक्यौता नउठाइएको विषयको जवाफ खोजिनुपर्नेमा जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौ वर्षसम्म पनि डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता रकम नउठाएको विषयमा जवाफ खोजिनुपर्नेमा जोड दिएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत ओलीले सबै बक्यौता रकम उठाउनुपर्ने तर नौ वर्षसम्म पनि २२ अर्ब रुपैयाँ नउठाइएको विषयको जवाफ खोजिनुपर्ने बताएका हुन् ।

सरकारले नौ वर्षको अवधिमा २१ अर्ब ८८ करोड रुपैयाँ महसुल नउठाएर १६ अर्ब छुट दिइएको विषयको जवाफ खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्‍याएर उद्योगहरूबाट बक्यौता उठाउनैपर्ने पनि प्रम ओलीले बताएका छन् । रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिन नहुने ‌ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकम लेखेको स्टाटस जस्ताको तस्तै :

‘६ अब मात्रै होइन , २२ अर्ब उठाइनुपर्छ । केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुस उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ । तर, सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो । उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्‍याई उद्योगहरूबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन । ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनुपर्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org