एकीकृत समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यका लागि आज निर्वाचन गर्दै
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यका लागि निर्वाचन गर्ने भएको छ। गत असार १६(२० सम्म काठमाडौंमा दशौँ महाधिवेशन गरेको समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्य छान्न मिनी निर्वाचन गर्न लागेको हो ।
महाधिवेशनबाटै पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय सदस्य टुंग्याउन नसकेको समाजवादीले मंगलबार अर्को चुनाव गर्न लागेको हो । यद्यपि महाधिवेशनबाट अध्यक्षमा दोहोरिएका नेपालले केन्द्रीय नेतृत्व सर्वसम्मत छानिको घोषणा प्रज्ञा भवनबाट गरेका थिए ।
तर उनको घोषणाविपरीत अब केन्द्रीय नेतृत्वका दुई तहमा समाजवादीले निर्वाचन गर्न लागेको हो । आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र पोलिटब्यूरो सदस्य टुङ्गो लगाउन नसकेपछि निर्वाचनको बाटो रोजिएको हो ।
मंगलबार बिहान ७ बजेदेखि एकीकृत समाजवादीको बैठक बस्ने तालिका छ । त्यसपछि दिउँसो २ बजेदेखि मतदान हुने छ । सहमति नजुटेपछि केन्द्रीय सदस्यहरूले भोट हाल्ने गरी निर्वाचन हुन लागेको हो। वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने केन्द्रीय सदस्य सुदेश पराजुली बताउँछन् ।
पराजुलीका अनुसार सबैले चुनावमा जाँदा राम्रो हुने कुरा राखेपछि केन्द्रीय नेतृत्व पनि चुनावी प्रक्रिया थाल्न तयार भएको हो । गत असार २० गते एकीकृत समाजवादीको अध्यक्षमा नेपाल दोहोरिएका थिए । यस्तै झलनाथ खनाललाई सम्मानित नेतामा यथावत् गरिएको थियो ।
घनश्याम भुसाल महासचिवमै दोहोरिएका थिए । त्यसपछि अन्य पदाधिकारी टुंग्याउन समाजवादी नेतृत्व असफल भएको हो । अध्यक्ष पदमा नेपाल दोहोरिने भएपछि वरिष्ठ उपाध्यक्ष पद आफूहरूले पाउनुपर्ने अडान खनाल र भुसाल समूहले राखेको छ । एकीकृत समाजवादीमा २१ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।
Comments
अरु समाचार
-
अग्नि सापकोटा र भिजिट भिसा प्रकरणमा प्रचण्डः वाहियात कुप्रचार चलिरहेको छ
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद खुलाउनका लागि सत्तारुढ दल कांग्रेस-एमालेसंग भएको सहमति आफ्नो पार्टीका...
-
इरानमाथि इजरायलले आक्रमण गरेर सार्वभाैमिकताको हनन गर्योः चीन
काठमाडाैं । इजरायलले इरानमा आक्रमण गरेपछि चीनले आक्रमणको कडा निन्दा गरेको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपतकालीन बैठकमा...
-
कानूनअनुसार न्याय खोजिएको हो, पाठकको मिडिया प्रेस काउन्सिलमा दर्ता रहेनछ: आरजु
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कानून अनुसार न्याय खोज्दा घेरबन्दी भएको आरोप लगाएकी छन् । नेपाल रिपब्लिक मिडिया (नागरिक...
-
इजरायलले गर्यो इरानमा हमला, आक्रमणबारे अहिलेसम्म हामीलाई के थाहा छ ?
काठमाडाैं । इजरेलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरेली डिफेन्स फोर्सले बताएको छ । इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका...
-
न्यायाधीशमाथिको दुर्व्यवहार दणडनीयः संवैधानिक कानून व्यवसायी मञ्च
काठमाडाैं । उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारुमाथि भएको दुर्व्यवहारमाथि संवैधानिक कानून व्यवसायी मञ्चले विरोध जनाएको छ ।...
-
एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि
काठमाडौं । गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहमदाबादबाट लन्डनका...
-
नेपाल र वेस्ट इन्डिजबीच टी २० आई सिरिज (खेल तालिका सहित)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली र वेस्ट इन्डिजबिचको ऐतिहासिक टी–२० शृंखला खेल्ने घोषणा गरेसँगै आम नेपाली क्रिकेट...
-
जसपाका मधेश प्रदेश सांसद सिंह अनामनगरबाट पक्राउ
काठमाडौं । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज कुमार सिंह पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
-
बालेनविरुद्ध अख्तियारमा मुद्धा दर्ता, यस्तो छ आरोप..
काठमाडौं । युवराज पौडेल सफलले काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गरेका छन् ।...