ताजा समाचार

नागरिकताविहिन प्रकाश तामाङलाई शीघ्र नागरिकता दिन प्रधानमन्त्री ओलीको गृहसचिव अर्याललाइ निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकताविहिन प्रकाश तामाङलाई शीघ्र नागरिकता दिन गृहसचिवलाई निर्देशन दिनु भएको छ । एक सञ्चारमाध्यमको भिडियो हेरेपछि प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै भएको बुझेपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनु भएको हो ।

बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा प्रम ओली स्टाटस लेख्नुहुन्छ, “नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ । नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो ।”

प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन गृहसचिव अर्यालले सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको र यो खबर प्रकाशलाई पनि पठाइसकिएको ओलीले सामाजिक सञ्जाला उल्लेख गर्नु भएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको उहाँले उल्लेख गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा बुधबार बिहान लेख्नु भएको  स्टाटस जस्ताको तस्तै :

शुभ बिहानी !!
हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन । पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ । नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org