ताजा समाचार

एनपीएलमा सहभागी ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आगमी नोभेम्बरमा आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ ।

एनपीएलमा सहभागी हुने टोलीहरु मध्ये पाँचवटाको सहर र तीनवटाको प्रदेशको नामबाट नामाकरण गरिएको छ ।

काठमाडौं, विराटनगर, जनकपुर, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम एनपीएलमा सहभागी फ्रेन्चाइज टोली रहने भएका छन् ।

लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका नाममा रहेका छन् । अन्य सहरबाट नामाकरण भएका हुन् ।

एनपीएल आगमी नोभेम्बर ३० देखि २१ डिसेम्बरसम्म काठमाडौंमा हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org