ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं। हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित कोसिस पेट्रोल पम्प नजिकै भएको सवारी दुर्घटनामा सोमबार एक युवकको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नेवारपानी सडकखण्डमा नवलपरासीबाट झापाको लागि सिमेन्ट लिएर जाँदै गरेको बा.प्र.०३–००१ ख २०८६ नं. को ट्रकले हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको बा.प्र.०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट हेटौँडा–९ का अभिषेक सुवेदीको मृत्युको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार ट्रकको ठक्करबाट मोटरसाइकल दुर्घटना भई गम्भीर घाइते भई २५ वर्षीय मोटरसाइकल चालक सुवेदीलाई उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा हेटौँडा अस्पतालमा डाक्टरले जाँच गर्दा १०ः०५ बजे मृत घोषणा गरेको थियो ।
ट्रक चालक जिल्ला दाङ गडुवा गाउँपालिका २ का वर्ष २३ का चन्द्रप्रसाद चौधरीलाई नियन्त्रणमा लिएको छ।
Comments
अरु समाचार
-
न्यायाधीशमाथिको दुर्व्यवहार दणडनीयः संवैधानिक कानून व्यवसायी मञ्च
काठमाडाैं । उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारुमाथि भएको दुर्व्यवहारमाथि संवैधानिक कानून व्यवसायी मञ्चले विरोध जनाएको छ ।...
-
ठूला प्रकरणमा होमिएपछि चुलिदै अख्तियार प्रमुख राईको चर्चा
काठमाडाैं । भ्रष्टाचार प्ररकणमा साहसिक कदम चाल्न कस्सिएका अख्तियार प्रमुख प्रेम राईको प्रसंसा शुरु भएको छ । प्रमुख राईले अख्तियार...
-
मुद्दा माधवविरुद्धः आक्रोश प्रचण्डदेखि राजेन्द्र र प्रकाश ज्वालासम्म किन ?
काठमाडाैं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कोलाहाल मच्चिन थालेको छ । संवैधानिक निकायले आफ्नो...
-
विचाैलिया प्रभावमा स्वास्थ्य विभागः आर्थिक अपचलनमा छलाङ !
काठमाडाैं । स्वास्थ्य सेवा विभागले रोचक किस्सामा अलमलिदै अनाधिकृत भुक्तानीका चाङ थप्न थालेको आरोप लागेको छ । कानूनसम्मत भन्दै विभागले...
-
दाहसंस्कार गर्न ठिक्क पारिएको बालिकाको शव प्रहरी नियन्त्रणमा बुवा, काका र काकी पक्राउ
काठमाडौं । संखुवासभामा दाहसंस्कार गर्न लगिएकी एक बालिकाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले भोटखोला गाउँपालिका–४...
-
मन्त्रीको पाँच तले पक्कि घरको झ्याल फोडेर चोरी
काठमाडौं । नेपाल सरकारको संघीय पर्यटन राज्यमन्त्री को घरमा चोरी भएको छ । कैलालीको लम्किचुहा नगरपालिका–४ स्थित पर्यटन राज्यमन्त्री अरुणकुमार...
-
गोली हानेर अमेकिकामा दुई इजरायलीको हत्या !
काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित एक यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावास कर्मचारीको हत्या भएको छ। स्रोतले बीबीसीको भगिनी च्यानल सीबीएसलाई...
-
घरमाथि रुख ढल्दा बुहारीको मृत्यु, सासू घाइते
काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ मा एक घरमा रुख ढल्दा बुहारीको मृत्यु भएको छ भने उनकी सासू घाइते भएकी छन्।...
-
लागू औषध ब्राउन सुगरसहित चारजना पक्राउ !
काठमाडौं । प्रहरीले लागू औषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ। लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले...